
cjs
Lnp
Ggp
Srbpu
sbs
Sgr
Unsku
Pbu
Djs
Pes
Gfs
Rgp1
pku
Rgp

Rgu
Wsp
Hal
Pvg
nsb
Rgu
Ggd
Sbs
Bbbpu
Ksm
Asm
Sls
Tsm
Ssm
Rgs
Vor
Rsb
Gst
Bbu

Mks
Ptm
Syp
Gsb
bbt
Bml
Jmb
Rmb
Pls
Rpp
Abd
sab
Jmb
काठमाडौं । बैंकले ऋण असुलीका निम्ति ताकेता गर्दा अदालत गएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिट खारेज भएको छ ।
पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालन गर्न कुमारी बैंकको बिर्तामोड शाखासहितबाट लिएको ऋण असुलीका निम्ति ताकेतापछि प्रसाईंका तर्फबाट टीकाराम अधिकारीले उच्च अदालत विराटनगरको इलाम इजलासमा निषेधाज्ञाको रिट दायर गरेका थिए । गएको असार ८ गते दायर रिट उच्च अदालत विराटनगरको इलाम इजलासका न्यायाधीशद्वय विपुल न्यौपाने र काजीबहादुर श्रेष्ठको इजलासले मंगलबार खारेज गरिदिएको हो ।
त्यस्तै “केही दिन सम्झौताको अवधि बाँकी रहेको भन्दै त्यतिन्जेलसम्म रोकिदिनका लागि निषेधाज्ञाको रिट परेको थियो । मंगलबार रिट खारेज हुने आदेश भएको उच्च अदालत विराटनगरको इलाम इजलासका रजिस्ट्रार तीर्थराज भट्टराईले भने ।
रिट खारेजसँगै बैंकलाई ऋण असुलीको बाटो फुकेको छ । ऋण असुली नभए बैंकले प्रसाईकाे पूर्वाञ्चल क्यान्सर अस्पताल लिलाम समेत गर्न सक्नेछ । पछिल्लो समय प्रसाईंले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने र मिनाहा हुने अभिव्यक्ति दिँदै आएका थिए । प्रसाईंको अभियानका कारण ग्रामीण क्षेत्रमा काम गरिरहेका लघुवित्त वित्तीय संस्थाहरू ऋण असुली गर्न जान नसक्नेसम्मको अवस्था निम्तिएको थियो ।
त्यस्तै प्रसाईंले समूह नै खडा गरेर लघुवित्तविरुद्ध आन्दोलन चर्काएका थिए । आफ्नै अस्पतालका निम्ति लिएको ऋणको असुली रोक्न भने प्रसाईं अदालत गएका थिए । यतिबेला प्रसाइ प्रहरी हिरासतमा छन्। धम्क्याउनेदेखि सम्पति शुद्धिकरणसम्मको आरोप उनीमाथि लागेको प्रहरीले जनाएको छ ।
