
pku
Rgp
Unsku
Ggp
Srbpu
Gfs
Rgp1
cjs
Ses
Pbu
Pes
Djs
Lnp
Sgr

Rgu
Sls
Bbu
Wsp
Asm
Bbbpu
Hal
Ggd
Ssm
Vor
nsb
Sbs
Rsb
Ksm
Pvg
Rgs
Gst
Tsm
Rgu

Jmb
Bml
Pls
sab
Gsb
bbt
Syp
Ptm
Rmb
Abd
Rpp
Mks
Jmb
दाङ । लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्ने सम्मका निर्णय गरेको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,राप्ती उपत्यका (देउखुरी) मा बिहीबार सम्पन्न बैठकले राम पराजुलीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव र जानुका पण्डितलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिवको जिम्मेवारी तोक्ने निर्णय गरेको स्वास्थ्य मन्त्री खेमबहादुर सारुले जानकारी दिए ।
यस्तै,अनिल मरासिनीलाई यातायात पूर्वाधार निर्देशनालयको निर्देशकको जिम्मेवारी तोकिएको छ । बैठकले गुल्मी जिल्लास्थित इस्मा गाउँपालिकाको केन्द्र वडा नम्बर ५ को चापटारीमा कायम गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी,मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट पेश भएको`अध्ययन पूर्व स्वीकृति तथा अध्ययन बिदा स्वीकृति सम्बन्धी कार्यविधि, २०८३´ स्वीकृत गर्ने निर्णय गरिएको छ ।
त्यस्तै,प्रदेश प्रशासनिक परिसरभित्र नवनिर्मित भवनबाट सेवा प्रवाहका लागि आवश्यक फर्निचर तथा फिक्स्चर्स व्यवस्थापन गर्न बजेट फुकुवा गर्ने निर्णय समेत बैठकले गरेको छ ।
