घोराहीको मार्क इन्टरनेशनल कलेजका विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

दाङ। घोराहीमा रहेको मार्क इन्टरनेशनल कलेजका विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम बुधबार आज सम्पन्न गरिएको छ । ग्लोबल मनी वीक कार्यक्रम अन्तर्गत कुमारी बैंक लिमिटेडको सहकार्यमा मार्क इन्टरनेशनल कलेज दाङका विद्यार्थीहरु माझ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा प्रशिक्षक कमल रेग्मीले विद्यार्थीहरुलाई बचत, लगानी,बजेट व्यवस्थापन तथा डिजिटल बैंकिङका विषयमा विस्तृत जानकारी दिएका थिए । […]

लमहीमा चैत १५ गतेदेखि‘मेयर कप’खेलकुद प्रतियोगिता हुने

दाङ । “लमही नगर निर्माण,महाअभियान” अन्तर्गत जेनजीहरुको मागलाई मध्यनजर गर्दै लमही नगरपालिकामा यहीँ चैत १५ गतेदेखि ‘मेयर कप’ खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । नगर कार्यपालिकाको मंगलबार आज बसेको बैठकले उक्त प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो । नगर प्रमुख जोगराज चौधरीका अनुसार युवालाई खेलकुदतर्फ आकर्षित गर्दै स्वस्थ र सक्रिय समाज निर्माण गर्ने उद्देश्यले […]

गढवामा ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा एक पुरुषको मृत्यु

दाङ । देउखुरीको गढमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका वडा नम्बर-५ बाँकी निवासी ३६ बर्षिय भानु रिजाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता रेशम बोहराले जानकारी दिए । मंगलबार बेलुका पौने ८ बजेको समयमा पूर्वबाट पश्चिम गढवा बजार तिर आउँदै गरेका रा १ त ३४२९ नम्बरको […]

लमहीमा ग्यास कम्पनी र पेट्रोल पम्पको संयुक्त अनुगमन,अभाव नभएको निष्कर्ष

दाङ । इलाका प्रशासन कार्यालय लमही र लमही नगरपालिकाको संयुक्त पहलमा लमही क्षेत्रमा ग्यास कम्पनी तथा पेट्रोल पम्पहरुको अनुगमन गरिएको छ । पछिल्लो समय बजारमा ग्यास तथा पेट्रोलियम पदार्थको अभाव बढेपछि वास्तविक अवस्था बुझ्न अनुगमन गरिएको हो । इलाका प्रशासन कार्यालय लमहीका प्रमुख शोभाराम रिजालका अनुसार अनुगमनका क्रममा बजारमा ग्यास तथा पेट्रोलियम पदार्थको अभाव देखिएको […]

राप्ती गाउँपालिकाको हिउँदे अधिवेशन,विभिन्न विधेयक पारित

दाङ । राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको आठौँ अधिवेशन (हिउँदे अधिवेशन) मंगलबार सम्पन्न भएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ तथा लुम्बिनी प्रदेशको गाउँसभा/नगरसभाको (कार्य सञ्चालन) कार्यविधि, २०७६ को दफा ३(१) बमोजिम गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न अधिवेशनले विभिन्न विधेयकहरु पारित गरेको छ । गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरीले पेश गरेको आर्थिक […]

कैलालीका तीन जना युवाहरु ब्राउन सुगर सहित एसएसबीद्वारा पक्राउ

धनगढी । भारतको खिरी जिल्लास्थित सम्पुर्णानगरको बसही क्षेत्रमा सोमबार साँझ भारतीय सीमा सुरक्षा बल (एसएसबी) र प्रहरीको संयुक्त टोलीले ८ दशमलव ५० ग्राम ब्राउन सुगरसहित ३ जना नेपाली युवालाई पक्राउ गरेको छ। त्यस्तै पक्राउ पर्नेमा कैलालीको गोदावरीका प्रदीप चौकाल,विनोद पुन मगर र विमल चन्द रहेका छन्। उनीहरु सवार पल्सर मोटरसाइकलमा लागू औषध बरामद भएको एसएसबीले […]

गढवामा वन डढेलो सप्ताह:डढेलो रोक्न उपभोक्ता जागरुकता अपरिहार्य

दाङ । वनमा डढेलो नलगाऔं र लाग्नबाट बचाऔं भन्ने मूल नारासहित दाङको गढवा गाउँपालिकामा वन डढेलो सप्ताह–२०८२ सम्पन्न भएको छ । डिभिजन वन कार्यालय दाङको आयोजनामा मंगलबार सम्पन्न कार्यक्रममा वन डढेलो नियन्त्रणका लागि स्थानीय उपभोक्ता तथा नागरिकको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिइएको छ । सिनियर डिभिजनल वन अधिकृत जिवन पंगेनीको अध्यक्षता तथा गढवा गाउँपालिका […]

सबइन्जिनियरको करार अवधि थप्न चौरजहारीका मेयर वादीले बुझे बैंक खातामै एक लाख घुस

रुकुमपश्चिम । सबइन्जिनियरको करार सेवा थप गर्न एक लाख घुस लिएको आरोपमा रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । त्यस्तै उनले बैंक खातामै सहायक सबइन्जिनियर मोहन शाहसँग घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा पुष्टि भएको छ। आर्थिक वर्ष ०८१–८२ मा शाहको करार सेवा थप गर्न मेयर वादीले एक […]

म तलब खान्नँ-प्रतिनिधि सभा सदस्य सुधन गुरुङ

काठमाडौं । गोरखा १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्य सुधन गुरुङले सांसदको तलब नखाने बताएका छन्। रास्वपाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा एक पत्रकारले सोधेको प्रश्नमा जबाफ दिँदै गुरुङले तलब नखाने बताएका हुन् । ‘म त (तलब) खान्नँ नि। किन तलब खानु र,’सांसद नेता भएर तलब नखाने भन्ने पत्रकारको प्रश्नमा उनले […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]