
Lnp
Djs
Ses
Srbpu
Sgr
Ggp
Pbu
pku
Pes
Unsku
cjs
Rgp
Rgp1
Gfs

Bbu
Rsb
Sbs
Ksm
Rgu
Sls
Gst
nsb
Wsp
Ggd
Pvg
Ssm
Vor
Rgs
Rgu
Hal
Bbbpu
Tsm
Asm

Syp
Abd
Pls
Bml
Mks
bbt
Jmb
Rmb
Jmb
sab
Rpp
Ptm
Gsb
काठमाडौं । गोरखा १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्य सुधन गुरुङले सांसदको तलब नखाने बताएका छन्।
रास्वपाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा एक पत्रकारले सोधेको प्रश्नमा जबाफ दिँदै गुरुङले तलब नखाने बताएका हुन् । ‘म त (तलब) खान्नँ नि। किन तलब खानु र,’सांसद नेता भएर तलब नखाने भन्ने पत्रकारको प्रश्नमा उनले भनेका छन्,‘नखाने,किन तलब खानु जरुरी छ र ? सक्षम छौँ ।’ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि हामी नेपाल अभियानका संयोजक सुधन गुरुङ राष्ट्रिय राजनीतिमा उदाएका हुन्।
त्यस्तै आन्दोलनपछि काठमाडौंको रिपोर्टस् क्लबमा भएको पत्रकार सम्मेलनमा उनले नेताहरूलाई तलब दिन नहुने धारणा राखेका थिए । ‘यो नेता/सेताको तलब छाड्दिऊँ ल, नराख्दिम्’, गुरुङले भनेका थिए, ‘अनि गाडीहरु हुन्छ नि लाइनै, त्यो ट्याँट्याँ र टुँ टुँ गर्छ। अब पाएन तिनीहरुले। कसैले पाएन। अब नेपाली जनताको राज हो।’
त्यस्तै गुरुङलाई मंगलबार होटल रोयल टुलिपमा पत्रकारले गाडी प्रयोगबारे पनि प्रश्न सोधेका थिए । जबाफमा उनले आफ्नै गाडी चढ्ने बताएका छन् । संघीय संसद सचिवावलयले सांसदलाई प्रत्येक महिना तलब दिने गरेको भएपनि गाडी भने दिँदैन ।सेतोपाटी
