
Lnp
Sgr
Unsku
Srbpu
Rgp
pku
Ggp
Pbu
Rgp1

Vor
Rgs
Ggd
Wsp
Hal
Asm
Ssm
Ksm
Bbbpu
nsb
Rgu
Tsm
Rsb
Rgu
Sbs
Sls
Gst
Pvg
Bbu

Jmb
Mks
Gsb
sab
Jmb
Rmb
Syp
Bml
Abd
Rpp
bbt
Ptm
Pls
रुपन्देही । सरकारले सार्वजनिक जग्गा खाली गराउने अभियान तीव्र बनाउन थालेपछि रुपन्देहीका भूमिहीन,सुकुमबासी तथा अव्यवस्थित बसोवासी सङ्गठित भएका छन् ।
सुकुमबासी बस्ती खाली गराउन थालेको सरकारले देशभरका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी सार्वजनिक जग्गा संरक्षण गर्न निर्देशन दिएपछि उनीहरुले सङ्घर्ष समिति गठन रुपन्देहीमा गरेका छन् ।
आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी खड्क बहादुर पौडेलको अध्यक्षतामा २३ सदस्यीय सङ्घर्ष समिति गठन गरिएको छ । पत्रकार सम्मेलनमा सङ्घर्ष समितिले स्थानीय सरकार,प्रदेश सरकार र सङ्घीय सरकारलाई ज्ञापनपत्र बुझाउनुका साथै माग पूरा नभए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
त्यस्तै समितिका संयोजक पौडेलले अन्यत्रको भन्दा रुपन्देहीका भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासी समस्या फरक भएको भन्दै उनीहरूले यसअघिका सरकारहरुसँग भएका सहमति र सम्झौता वर्तमान सरकारले कार्यान्वयन गर्नुपर्ने बताए । पौडेलले सुकुमबासीलाई व्यवस्थापन गरेर मात्रै बस्ती हटाउनुपर्ने माग राखे। सङ्घर्ष समितिका अगुवा नरेन्द्र दर्जीले बिना विकल्प आफूहरुलाई हटाउन थाले सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए ।
