
Gsl
Nssbus7
gms
Pbu
Amb
Rbs
Jsbus
Ddhbs
dsbus
Gsbus
Csbus
Ssbus
Bksbus5
Ratbs
दाङ । घोराहीमा भएको ‘दोश्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १० किलोमिटर रोड रेस प्रतियोगिता-२०८३’ मा पुरुषतर्फ नेपाली सेनाका खड्गबहादुर खड्का र महिलातर्फ पूर्णलक्ष्मी न्यौपाने विजेता बनेका छन् । लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा शनिबार घोराहीमा भएको प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ नेपाली सेनाका खेलाडी पहिलो बन्न सफल भएका हुन् । प्रतियोगितामा पुरुषतर्फ खड्काले […]
दाङ । लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा बैशाख १२ गते शनिबारका दिन घोराहीमा हुने ‘दोश्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १० कि.मि. रोड रेस प्रतियोगिता- २०८३’ को सम्पूर्ण तयारी पुरा भएको छ । यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य प्रतियोगिताकाे पूर्णसफलताकाे शुभकामना व्यक्त गरेका छन् । परिषदका सदस्य सचिव तिरणदाज गौतमका अनुसार प्रतियोगिता बिहान […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खेल पर्यटनको सम्भावना उच्च रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय स्तरबाट पर्यटक भित्र्याउन खेल क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । प्रदेश खेलकुद परिषद लुम्बिनी प्रदेशको आयोजनामा दाङकाे घाेराहीमा सुरु भएको मुख्यमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता-२०८२ को उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले खेलाडीहरूको योगदानले प्रदेशको शिर […]
दाङ । लुम्बिनी प्रदेश सरकारको आयोजनामा मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता–चैत २५ गतेदेखि २८ गतेसम्म दाङमा सञ्चालन हुने भएको छ । प्रदेश खेलकुद परिषद लुम्बिनीले प्रतियोगिता सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । परिषदका सदस्य सचिव तिरनदाज गौतमले प्रतियोगिताका लागि खेल मैदान,व्यवस्थापन,आवास तथा अन्य प्राविधिक तयारी सम्पन्न भइसकेको […]
दाङ । लमहीमा ‘मेयर कप’ खेलकुद प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । युवालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले लमही नगरपालिकाको आर्थिक सहयोगमा आयोजित प्रतियोगिताअन्तर्गत क्रिकेट, फुटबल र ब्याडमिन्टनका खेलहरु एकैसाथ सञ्चालनमा आएका छन् । प्रतियोगिताको उद्घाटन लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले गरे । क्रिकेट, फुटवल र ब्याडमिन्टन प्रतियोगिता एकैसाथ सुरु भएका हुन् ।‘खेलले अनुशासित र मैत्रिपूर्ण […]
दाङ । “लमही नगर निर्माण,महाअभियान” अन्तर्गत जेनजीहरुको मागलाई मध्यनजर गर्दै लमही नगरपालिकामा यहीँ चैत १५ गतेदेखि ‘मेयर कप’ खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । नगर कार्यपालिकाको मंगलबार आज बसेको बैठकले उक्त प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो । नगर प्रमुख जोगराज चौधरीका अनुसार युवालाई खेलकुदतर्फ आकर्षित गर्दै स्वस्थ र सक्रिय समाज निर्माण गर्ने उद्देश्यले […]
दाङ । गढवा गाउँपालिकाको स्थापना दिवसको अवसरमा आयोजित चौथो पालिका स्तरीय खेलकुद प्रतियोगिता–२०८२ शनिबार सम्पन्न भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद:शिक्षा, स्वास्थ्य,कृषि र रोजगार समृद्ध गढवा गाउँपालिकाको आधार” भन्ने मूल नाराका साथ सञ्चालन गरिएको प्रतियोगितामा लमही नगरपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकाका खेलाडीहरुको उत्साहजनक सहभागिता रहेको थियो। मैत्रीपूर्ण पुरुष फुटबलतर्फ […]
दाङ । देउखुरीको गढवा गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा फागुन २७ गतेदेखि तीनदिने गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिता सुरु गरेको छ। गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री ईन्द्रजित थारुले पानसमा दीप प्रज्वलन गरी प्रतियोगिताको उद्घाटन गरेका हुन् ।उद्घाटन कार्यक्रम बोल्दै प्रमुख अतिथि ईन्द्रजित थारुले खेलकुदले […]
दाङ । राप्ती गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा देविकोट क्षेत्रमा खुला दौड प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता सम्बन्धी जानकारी दिन गाउँपालिकाले आज पत्रकार सम्मेलनको आयोजना गरेको हो ।गाउँपालिकाद्वारा जारी सूचनाअनुसार कार्यक्रम राप्ती गाउँपालिकाको वडा नम्बर ९ मा अवस्थित ऐतिहासिक तथा धार्मिक स्थल देविकोट क्षेत्रमा सञ्चालन गरिनेछ । दौड प्रतियोगिता फागुन २९ गतेका दिन बिहान […]