
Jsbus
Gsbus
Ddhbs
gms
Amb
Rbs
Pbu
Gsl
Nssbus7
Ssbus
Bksbus5
dsbus
Csbus
Ratbs
काठमाडौँ । तीन पूर्व प्रधानमन्त्रीको सम्पत्तिमाथि अनुसन्धान गर्न थालिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रको आधारमा प्रहरीले पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा,केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले त्यसबारे अनुसन्धान अघि बढाएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले बताए । ती अधिकृतले भने,‘उहाँहरुको […]
काठमाडौँ । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने भएको छ । शनिबार बसेको आकस्मिक सचिवालय बैठकको निर्णयबमोजिम पार्टीले आज विरोधपत्र बुझाउने भएको हो । पार्टीले भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगप्रति एमालेको असहमति र विरोध रहेको […]
काठमाडौं । पूर्वमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता दीपक खड्का पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वमन्त्री खड्कालाई पक्राउ गरेको हो । खड्का पक्राउको सीआईबी प्रमुख मनोज केसीले पुष्टि गरेका छन्। त्यस्तै पूर्वप्रधानमन्त्री ओली नेतृत्वको सरकारमा ऊर्जामन्त्री रहेका खड्काको घर भदौ २४ मा आगजनी गर्दा उनको घरमा अनधिकृत रकम भेटिएको सुरक्षा स्रोतले बताएको […]
काठमाडौं । नेपाली काङ्ग्रेस पार्टीले तत्काल कुनै आन्दोलनका कार्यक्रमहरु तय नगरेको प्रष्ट पारेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको संसदीय सचेतना कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए । ‘सरकारको व्यवहार आग्रहपूर्ण देखियो । हामीले सडक आन्दोलन लगायतका केही कायक्रम गर्ने निर्णय गरेका छैनौं,’ प्रवक्ता चालिसेले भने । आफ्नो […]
काठमाडौं । नेकपा एमाले कर्णालीका नेता कर्णबहादुर मल्ल आज पक्राउ परेका छन् । मुगुको सोरु गाउँपालिका वडा नम्बर१० घर भइ हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ बस्ने ५२ वर्षीय मल्ललाई शनिबार प्रहरीले पक्राउ गरेको हो । उनलाई ललितपुर महानगरपालिका–१५ बाट पक्राउ गरिएको ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए । मल्लविरुद्ध बलात्कार गरेको आरोपमा एक महिलाले उजुरी दिएकी थिइन् […]
काठमाडौँ । नेकपा (एमाले)ले पार्टीका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल रिहाइ गर्न माग गरेको छ । शनिबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले ओली र लेखकको पक्राउ गैरकानुनी भएको भन्दै तत्काल रिहाइ गर्न माग गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिए । बैठकले पक्राउ गरिएको घटनाको निन्दा गर्दै पक्राउ लोकतन्त्र र […]
काठमाडाैं । एमाले महासचिव शंकर पोखरेलले पूर्वाग्रह र प्रतिशोधको राजनीति धेरै महँगो हुने बताएका छन् । अध्यक्ष ओलीलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनले पूर्वाग्रह र प्रतिशोधको राजनीति धेरै महँगो हुने चेतावनी दिएका हुन् । त्यस्तै उनले सरकारलाई जिम्मेबार बन्न र अबिलम्ब ओलीलाई रिहा गर्न माग समेत गरेका छन् । महासचिव पोखरेलले भनेका छन्, ‘पूर्वाग्रह र प्रतिशोधको […]
काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले सांसदहरुलाई सिंहदरबारमा शपथ दिलाएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । त्यस्तै शपथका लागि सांसदहरु विभिन्न परम्परागत पोशाकमा पुगेका थिए । केहीले मातृभाषामा समेत शपथ लिए ।
काठमाडौँ । नव निर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज दिउँसो २ः०० बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । राष्ट्रपति रामचन्द्र पौडेलले […]