
Gsl
Amb
Ssbus
Syees
Bksbus5
Csbus
Rbs
Jsbus
syysr
Ratbs
Gsbus
Nssbus7
Pbu
gms
Ddhbs
dsbus

Rgs
Ssm
Hal
Pvg
Bbbpu
Vor
Rgu
Gst
Ksm
nsb
Rsb
Sls
Wsp
Tsm
Asm
Sbs
Ggd
Rgu
Bbu

Pls
Ptm
Jmb
Abd
Rmb
Rpp
Gsb
Mks
sab
Jmb
Bml
Syp
bbt
प्रधानमन्त्री ज्यु नमस्कार। साथै नयांबर्ष २०७७ को शुभकामना सहित यहाको शिघ्रस्वास्थ्य लाभको कामना पनि गर्दछु। एउटा देशको भलो चाहने नागरिकको हैसियतले यो पत्र लेख्दै छु। तपाईंलाई गुनासा भन्दा प्रशंसा बढि मन पर्ने तपाईंलाई कुन शब्दले संबोधन गरौं । तर आज म संग गुनासाका पोकाहरु मात्रै छन। यिनै गुनासाका पोकाहरु फुकाउनुहुन्छ भन्ने बिश्वास छ। त्यही आशले पत्र लेख्दै छु। तपाइ त सरकारको नेतृत्व गरिरहेको कम्युनिस्ट पार्टिको अद्यक्ष ।अनि तीन करोड जनताको आशाको दियो पनि। किन कि हजुर यो देशको प्रधानमन्त्री हुनुहुन्छ। आम नागरिकको अभिभावक हुनुहुन्छ। दियो निभ्नुपुर्ब नै देशका लागि केही गर्ने कि प्रधानमन्त्रि ज्यु। बांचुन्जेल देश र जनताका लागि केही गर्नसक्नु भो भने बर्षौं बर्ष पनि तपाईं अमर रहिरहनुहुन्छ। बिश्वब्यापि रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को माहामारिले देश र जनता शिकारको चपेटामा रहेको कुरा तपाइंलाई म नाथेले भनिरहनु उचित नहोला।
तपाईं आफै भाषणमा भन्नुहुन्थ्यो,’कम्युनिस्ट पार्टि गरिब, दुःखी र मजदुरहरुको पार्टि पनि हो’धेरै पटक सुनियो पनि ।तर आज के साच्ची यि निमुखा गरिब दुखी र मजदुरहरुले गर्व गर्ने लायकको छ हजुरको पार्टी?? देश र जनताको अवस्था हेर्दा अहँ म त हजुरको भाषणमा सहमत जनाउन कुनै कोणबाट पनि सक्दिन,चाहेर पनि सकिरहेको छैन। अब आफै भन्नुस त्यो तपाईंको भाषणलाई कुन रुपमा बुझौं मैले?
प्रधानमन्त्री ज्यु एकपटक अांफुले गरेको भाषण सम्झनुस,दोहोर्याई तेह्राई सुन्नुस, हेर्नुस। अनि देश र जनतालाई हेर्नुस ढुङ्गा कै मुटु भएपनि पग्लिन्छ कि। अाफ्ना देशका जनतासंग भन्दा बिदेश मन्त्रीहरुसंग छलफल गर्न रुचि राख्ने तपाईंलाई देशको बारेमा सोंच्ने समय नै कहां छ र ? फेरी हजुर त प्रधानमन्त्री हो क्यार! यो अवस्थामा पनि जनताका लागि केही गर्न सक्नुभएन भने ३ करोड जनताले तपाईंबाट के अपेक्षा राख्ने ? आज फलानो देशको मन्त्रीसंग फोन भयो भनेर हरेक दिन रङ्गिने तपाईंको ट्विट अाज सिमानामा बिलौना गरिरहेका मजदुरहरुको उद्धार गरें भनेर हामिले कहिले पढ्न पाउने ? प्रधानमन्त्री ज्यु ढिला भैसक्यो उठ्नुस। घुम्ने कुर्सिमा निदाउने बेला होईन यो।सामान्य रुघाखोकि लाग्दा सिंगापुर र अमेरिका धाउने तपाईं। आज सिटामोल नपाएर अकाल मै ज्यान गुमाऊने जनताको मर्म किन बुज्नुभएन ? पिडा तपाईंलाई अनि जनतालाई एउटै होईन र ?बिदेशी मन्त्रीका फोनका आवाज टाढैबाट स्पष्ट सुन्ने तपाईंका कानहरुले सुत्केरि हुन नसकेर बाटो मै ज्यान गुमाउनेहरुको पीडा कहिले सुन्छ प्रधानमन्त्रि ज्यु ? बिश्वब्यापि रुपमा फैलिरहेको माहामारिले देश पिडामा छ अनि अकालमै ज्यान गुमाएका छन जनताले।चुनाबमा रक्सि र मासु रातारात अाउने देशमा एक थान माक्स कहिले आउंछ प्रधानमन्त्रि ज्यु?राष्टपतिका लागि शितल निवासबाट एरपोर्ट पुग्न प्लेन अाउने देशमा भोको पेट लिएर तातो घाममा सडकमा हिड्ने मजदुरहरुका लागि घरसम्म पुग्न साधन कहिले आउंछ प्रधानमन्त्रि ज्यु?
हुन त तपाईंलाई गुनासो भन्दा प्रशंसा नै मन पर्छ तर यो अवस्थामा कसरी गरुं तपाईंको प्रशंसा मैले?कयौं जनता सडकमै अलपत्र छन। बिदेशबाट बिलौना गर्नेहरुको अाशुंले तपाईंलाई खुःसि लाग्ला र? सिमानामा फोहोरको सिरानी बनाएर सुतेका ती मजदुरहरुको रोदनले तपाईंको निन्द्रा सहजै आउँछ होला र ? संधै प्रशंसा सुन्न मन पर्ने तपाईंले जनताका लागि यति गुनासो कहिले सुनिदिनु हुन्छ? एकपटक ईटालि र अमेरिका हेर्नुस त्यो अवस्था हाम्रो देशमा आयो भने त्यो बिचल्ली तपाईंले हेर्न सक्नुहुन्छ ?हजुरका आखाँले टुलुटुलु हेर्न सक्लान र प्रधानमन्त्री ज्यु ।
समय घर्की त सक्यो, तर अझै समय बांकि छ । बिन्ति ! यो समयको सदुपयोग गर्नुस। बांचिएछ भने हेरौला। तीन करोड जनता तपाईंकै साथमा छन। बसिबसि मार्सि धानको भात खानुहोला। अहिले जनताको लागि सिटामोल खाने ब्यवस्था मिलाईदिनुस।देश रोईरहेको बेला राहतको लागि अाएको माक्स र थर्मल गन माथि भ्रष्टचार गर्ने ब्वांसाहरुलाई बचाउन हैन एकछाक खान नपाएर अकाल मै ज्यान गुमाउने हरुलाई बचाउन लाग्नुस।त्यति गर्न सक्नु भो भने तपाईंलाइ ३ करोड जनताको सराप लाग्दैन।तपाईंहरु त महलभित्र बसेर बिहान भेज र सांझ ननभेज खानाको तालिका बनाउन मै ब्यस्त हुनुन्छ,अनि तपांईले चुनेका प्रतिनिधिहरु कुहियको चामल बांडेर फोटो खिच्न मै ब्यस्त छन,बिरामि बोक्ने एम्बुलेन्स गांजा तस्करि गर्न मै ब्यस्त छ,अनि प्रहरी डाक्टर कुट्न मै ब्यस्त छ।अाफैं भन्नुस अब हामिले तपाईंबाट कस्तो अपेक्षा राखौं? तस्कर अग्रवाललाई भेट्न जेलसम्म पुग्न लकडाउन छैन अनि घरमा अामाको मृत्यु हुंदा छोरो सडकमै निदाईरहेको छ।संधै बाह्र सुर्य उदाईरहने शितलनिवासले कहिले बुज्छ यो बिडम्बना ? यो देश र जनताका लागि सोंच्ने समय हो प्रधानमन्त्रि ज्यु कसैको लालचमा चुक्ने समय होईन।अाशा छ अझै सचेत भएर नेपाली जनताको बिस्वासलाई मर्न दिनु हुनेछैन।सबै पार्टि,दल र जनताको साथ र सहयोग लिएर अगाडि बढ्नुहुन्छ भन्ने कुरामा बिस्वास गर्दछु।
हामी सबैको जय होस।
