
Gsl
Ssbus
Ddhbs
gms
Ratbs
Gsbus
Amb
Pbu
Syees
syysr
Csbus
Rbs
Bksbus5
Jsbus
dsbus
Nssbus7

Rsb
Tsm
Vor
Rgu
nsb
Wsp
Ssm
Sbs
Ggd
Asm
Rgs
Hal
Pvg
Sls
Rgu
Bbbpu
Ksm
Gst
Bbu

Jmb
Mks
sab
Pls
Rpp
Ptm
Jmb
Rmb
Gsb
Bml
Abd
bbt
Syp
काठमाडाैं। कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि नेपाल–भारत दुवै देशमा लकडाउन भइरहँदा पनि स्थल नाकाबाट हुने आयात सहज रूपमा भइरहेको छ । यसबाट बजारमा अत्यावश्यक वस्तु र खाद्यान्न अभाव नभएको व्यवसायीले बताएका छन् ।
अत्यावश्यक वस्तुलगायत खाद्य पदार्थको आयात जारी रहँदा अभाव हुन नपाएको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलप्रसाद न्यौपानेले बताए । यस्ता वस्तुको आयात गर्दा सुरक्षा उपाय अपनाउनु भने जरुरी रहेको उहाँको भनाइ छ । नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन रुपन्देहीका अध्यक्ष नारायणप्रसाद भण्डारीले बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन आफूहरूले सहजीकरण गरिरहेको बताए ।
हामीले स्थानीय सरकारसँग मिलेर सहजीकरण गरिरहेका छौँ र आपूर्ति व्यवस्था सहज बनाउन भूमिका खेलेका छौँ, जसले गर्दा बजारमा अहिलेसम्म अभाव हुन पाएको छैन, उनले भने ।देशको दोस्रो ठूलो भन्सार नाका बेलहिया हुँदै दिनहुँ दैनिक उपभोग्य वस्तुका साथै एलपी ग्यास, पेट्रोलियम पदार्थ, तयारी औषधि, औषधिका कच्चा पदार्थ, मेडिकल सामान, हरियो तरकारीजस्ता सामान नियमित रूपमा आइरहेको भैरहवा भन्सार कार्यालयले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
