
Gisld
Ksm
Anm
Rbs
Gmk
mbd
Pbu
Mbdvs
Sds

nsb
Wsp
Pvg
Rgu
Asm
Rsb
Vor
Rgu
Tsm
Ssm
Gst
Rgs
Hal
Bbbpu
Ksm
Sbs
Ggd
Sls
Bbu

Jmb
Rpp
Rmb
bbt
Ptm
Abd
Gsb
Syp
sab
Jmb
Bml
Mks
Pls
मानिस पनि अरु प्राणी जस्तै यही पृथ्वीको प्राणी हो । करिव ८० लाख वर्ष अघि रामापिथेकस हुँदै अहिलेको मानिस सम्म आइपुगेको हो । विगतदेखि नै मानिसको शारीरिक वनावटमा त केही न केही परिवर्तन हुँदै आइरहेको छ । त्यो सँगसँगै मानिसले आप्mनो जीवन सहज बनाउन विभिन्न प्रविधिको विकास ग¥यो । त्यो प्रविधिलाई सहज रुपमा सञ्चालन गर्नको लागि विभिन्न मान्यताहरु पनि स्थापित गर्दै जान थाल्यो । मानिस अन्य जनावरबाट सुरक्षित हुन समूहमा आवद्ध हुन थाल्यो । जसलाई हामीले परिवार भन्ने गर्दछौं । एउटै परिवारमा सयौ जना सम्म पनि रहन थाले । परिवारको संख्या ठूलो हुँदै गएपछि त्यसको व्यवस्थापन पनि चुनौति बन्दै गयो । अर्कोतिर भौतिक रुपमा बढिरहेको समाजलाई नैतिक रुपमा अगाडि बढाउन परिवारको विकासमा उत्साह पैदा गर्न पुर्खाले गरेका कर्महरुलाई सम्मान गर्ने प्रचलन बढ्न थाल्यो । पुर्खाको सम्मान पुस्तान्तरण हुँदै जाँदा ती विभिन्न वर्ण र सम्प्रदायमा विभक्त हुन थाले यहीबाट ती विभिन्न समाज मिलेर राज्यमा रुपान्तरण हुन थाले ।
यसरी मानव समाजको विकास हुँदै गर्दा विभिन्न समस्याहरु आउन थाले । खाद्य सामाग्रीको प्रचुरता, पानीको सहज पहुँच, हावापानी राम्रो भएको ठाउँ तथा प्राकृतिक प्रकोपको कम जोखिम रहेको स्थानमा मानिसहरु स्थायी रुपमा बसोबास गर्न थाले । यस्ता स्थानमा ससाना राज्यहरु पनि स्थापना हुन थाले । यी ससाना राज्यमा पनि श्रोत संकलनका लागि युद्ध हुन थाले । श्रोतको संकलनसँगै त्यसको वितरणबाट धेरै मानिसलाई पछि लगाउन सकिने लोभले शासकहरुले साना राज्यहरुलाई हराउँदै विशाल राष्ट्रको निर्माण गर्न थाले ।
यस दौरानमा पृथ्वीका मानिसलाई बसोवासलाई सजिलो हुने तथा व्यापार व्यवसायलाई सजिलो हुने सामरिक महत्वका ठाउँहरु शक्तिशाली शासकहरुका नजरमा परे । ती भूभागहरु कव्जा गर्नको लागि ती राष्ट्रहरुले सैन्य शक्ति मजवूत बनाउँदै कव्जा गर्दै गए । वस्तु विनिमयबाट शुरु भएको हाम्रो आर्थिक व्यवस्था क्रमशः पैसामा परिणत भयो । । यो सँगै शक्तिशाली मुलुकहरुले विश्वभर नै आप्mनो दवदवा कायम गर्न तथा व्यापार व्यवसाय विस्तार गर्न कमजोर राष्टहरुको भूभाग कव्जा गरे । आप्mनो व्यापार व्यवसायको राम्रो बजार स्थापित गरे । कुनैबेला वेलायतको साम्राज्यवादको हामीले समेत सामना गर्नुपरेको थियो । हाम्रो छिमेकी मुलुक भारतले त लामो समय वेलायति साम्राज्यवादको थिचोमिचो सहनुप¥यो ।
भारतमा त्यो साम्राज्यवादको थिचोमिचोले सकारात्मक नकारात्मक दुवै प्रभाव पा¥यो । यसको सकारात्मक प्रभावको कुरा गर्दाखेरी तुलनात्मक रुपमा विश्वभर प्रभाव जमाउँदै गएको वेलायतका विकास पूर्वाधारको अवस्था राम्रो थियो । उनीहरु प्रविधिमा धेरै अगाडि बढेका थिए । व्यापार व्यवसाय गर्ने नाममा नै किन नहोस् उनीहरुले भारतमा यातायात पूर्वाधारको राम्रो विकास गरिसकेका थिए । त्यस्तै भारतीयहरु पनि वेलायतसम्म पुगेर त्यहाँका विश्वविद्यालयमा अध्ययन गर्ने पहुँच बढेको थियो । अंग्रेजी भाषाको प्रयोग भारतमा पनि भएकोले भारतीयहरुले अंग्रेजी भाषा चाडै सिके र उनीहरु पनि विश्वव्यापी राजनीतिबाट परिचित भए । आपूmहरु वृटिशको गुलाम भएको महसुस गरे । चेतनाले गर्दा एक प्रकारको राष्ट्रियताको भावना विकास भयो । यी केही सकारात्मक कुरा थिए भने केही नकारात्मक कुरा पनि थिए । विशाल भारतलाई बेलायतले छोड्ने समय पाकिस्तान र बंगलादेशलाई अलग्गै राष्ट घोषणा गरेर हिन्दु मुसलमानबीचको सम्वन्धलाई कटुतापूर्ण बनाउने प्रयास गरेको देखिन्छ । वेलायतीहरुले भारतमा व्यापार मात्र गराएनन् । उनीहरुको भाषा संस्कृति समेत भित्राइदिए । धेरै भारतीयहरु वेलायतमा समेत विभिन्न पेशा र व्यवसाय गर्न बसाइ सरे । बेलायतको आधुनिक विकासले धेरै भारतीयहरुलाई आकर्षण ग¥यो । यसले भारतीयको संस्कृतिमाथि नै प्रहार ग¥यो । पछिल्लो समय भारतीय संस्कृतिको मौलिकपन खोजी हुँदैछ । राजनीतिमा पनि धार्मिक मुद्दाको जग भएको भारतीय जनता पार्टीको राजनीतिमा उदय हुँदै आएको छ । नरेन्द्र मोदी जो धार्मिक प्रवृत्तिका छन् उनले भारतको नेतृत्व गरिरहेका छन् । त्यस्तै भारतीय संस्कृतिलाई सचेतीकरण गर्नेमा स्वामी रामदेव पनि विगत लामो समयदेखि लागिरहेका छन् । भारतमा धार्मिक मृद्धाले बेला बेलामा हिंसात्मक रुप लिए पनि अहिले देखिने गरी भारतमा धार्मिक हिंसाहरु उल्लेख्य मात्रामा भइरहेका छैनन् । तर मोदीमाथि अल्पसंख्यक मुश्लिमहरुलाई दवाएको भन्ने आरोप भने लाग्दै आएको छ ।
हिन्दु धर्म तथा पूर्वीय दर्शनको उद्गम स्थल मानिने भारतमा पाश्चात्य संस्कृतिको अतिक्रमण र त्यसको प्रतिरोधमा भारतीय जनता पार्टी अहिले राजनीतिक नेतृत्वमा शक्तिशाली देखिएको छ । पाश्चात्यकरणको पुरै इन्कार नगरे पनि वर्तमान भारत सरकारले हिन्दुहरुलाई महत्व दिदै आएको छ । भारतको आधुनिक विकासमा पाश्चात्य मुलुकको प्रविधिले ठूलै काम गरे पनि अहिले पूर्वीय सभ्यता तथा संस्कृतिको खोजी कार्य अगाडि बढ्न थालेको देखिन्छ ।
विश्वकै पूरानो संस्कृति तथा सभ्याता मानिने पूर्वीय दर्शन हजारौ वर्ष पूरानो छ । त्यो संस्कृतिको पुनःर्जागरण गर्न फेरी एकपटक भारतमा एउटा ज्वारभाटा आएको छ । यो ज्वारभाटाले पुरै विश्वरुपी समुन्द्रलाई कति तरंगित गराउने हो त्यो भने वर्तमान मोदी नेतृत्वको भारतीय जनता पार्टीको आगामी राष्ट्रिय नीतिले पार्ने प्रभावबाट स्पष्ट हुनेछ ।
पूर्वीय दर्शनको सेरोफेरो अहिले भारत वरिपरि नै घुमिरहेको छ विश्व परिप्रेक्षबाट हे¥यौ भने । तर आन्तरिक रुपमा हे¥यौ भने अंग्रेज साम्राज्यवादको मुकावला गरेर हिन्दु संस्कृति र परम्परालाई जोगाइराखेको नेपाल अहिले विश्व मानचित्रमा छायामा
पर्न थालेको छ । पूर्वीय दर्शनको नेतृत्व हामीले गर्न सक्ने थियौं । हामी त्यतातिर ध्यान दिन सकेनौ । पशुपतिनाथ, मुक्तिनाथ जस्ता हिन्दु धार्मिक ग्रन्थ मात्र होइन गौतम वुद्धको जन्मस्थल समेत हाम्रै भूमी हो । त्यो भूमीलाई हामीले दर्शनको भण्डारको रुपमा जसरी सोधखोज र विकास गर्न सक्ने थियौ त्यो बाट हामी चुकिसकेका छौं । हामी भौतिक रुपमा अंग्रेजको साम्राज्य नभए पनि आज पाश्चात्य संस्कृति तथा विकासलाई सर्वेसर्वा ठान्न थाल्यौ । त्यहीको विकास मोडेललाई अन्धाधुन्ध रुपमा आत्मसात ग¥यौं । आप्mना परिवारका सदस्य तथा सन्तती पश्चिमा मुलुकमा बसोवास गरेकोमा गर्व ठान्न थाल्यौ । हामी मानसिक रुपमा पश्चिमा संस्कृतिको दास हुँदै जान थाल्यौ ।
संस्कृति, धर्म जस्ता कुराहरु समाजबाट जति नै निखारिए पनि केही न केही ढोंग हुने गर्दछन् । त्यस्ता ढोंग तथा अन्धविश्वास पनि हुन्छ । पूर्वीय संस्कृतिमा मात्र होइन पश्चिमी संस्कृतिमा पनि त्यसो हुने गर्दछ । त्यस्ता ढोंगहरुलाई समय सापेक्ष रुपमा परिमार्जित गर्दै अधिकांश मानिसको स्वीकार्यता बढाउनु त्यो संस्कृतिको नेतृत्वकर्ताकोे मुख्य काम हो । त्यस क्रममा कहि कतै पूर्वीय दर्शनका नेतृत्वकर्ताहरु चुकेको हुन सक्छ । तर त्यही चुकेको कुरालाई नै आधार बनाएर पुरै संस्कृति परम्परा तथा धर्मलाई आत्मसात गर्न नसक्नु हाम्रो कमजोर पक्ष हो । कथित विकसित भनिने पश्चिमा मुलुकहरुले अहिले हाम्रो पूर्वीय दर्शनको अध्ययन गरेका छन् । त्यसमा भएका राम्रा पक्षलाई अवलम्वन गर्न थालेका छन् भने हामीले हाम्रो परम्परागत सस्कृतिलाई किन अवलम्वन नगर्ने ?
पछिल्लो समय कोरोना भाइरसको प्रकोप बढेसँगै पूर्वीय संस्कृतिमा प्रचलित नमस्कार अहिले विश्वव्यापी बन्दै गइरहेको छ । हाम्रा पुर्खाहरुले चलाएको आदर सम्मानको प्रतिक नमस्कारले सरुवा रोगको संक्रमण कम गर्न खेल्ने भूमिकालाई लिएर अहिले चर्चाको विषय समेत बनेको छ । हाम्रा संस्कृति विकास क्रममा मान्छेले प्राचीनकालमा भोगेका भोगाइहरुबाट पाठ सिक्दै नयाँ मान्यता स्थापित गर्ने हो । मान्छेले यी मान्यताहरुलाई धार्मिक सांस्कृतिक रुप मात्र दिएको हो । पुर्खाको परम्पराको विश्वास र समाज विकासको कसीमा आपूmलाई उभ्याउँदै व्यक्ति समाजको सामुहिकतालाई स्वीकारेको हो ।
अहिले मानिसलाई प्रविधिले जितेको छ । मानिस प्रविधिमा अभ्यस्त भएको छ । प्रविधिमा अभ्यस्त भइरहदा मानिसले भुलेको एउटा पाटो भनेको आप्mनो मौलिक परम्परा र संस्कृति छ । जुन परम्पराले मानिसको अध्यात्म तथा मनोविज्ञानलाई थप उत्प्रेरित गर्दछ । त्यो पाटो मानिसले भुल्दै जाँदा व्यक्ति अहिले समाजबाट छुटिएको जस्तो देखिन थालेको छ । व्यक्ति जव सामाजिक मूल्य मान्यताबाट आपूmलाई स्वतन्त्र भएको महसुस केही समय त गर्न सक्ला तर त्यसको दीर्घकालीन असर बढ्ता हुन्छ । आधुनिक भनिने समाजहरुमा अहिले खुशी हराउँदै जान थालेको छ । कुण्ठा, आवेग, निराशा, सधैको मानसिक दौडधुप जस्ता कारणले मानिस एउटा मेशिन जस्तै बन्न पुगेको छ । कुनै कमाण्डरको कमाण्डले काम गरे जस्तै । उसको दैनिकी मेशिनको जस्तै बनेको छ । मानौ उसको मन नियन्त्रित भएको छ । मानिसभित्रको माया करुणा आडम्वरी बन्दैछन् । हामीले कल्पना गरेको आधुनिक विकास त्यस्तै छ । पश्चिमा विकास त्यस्तै छ, हामी त्यस्तैमा अभ्यस्त हुँदैछौं । त्यस्तै विकासलाई हामी आत्मसात गर्दैछौ । यो गति यसरी अगाडि बढ्दै छ कि त्यो गतिलाई कम गर्ने प्रयास त्यति प्रभावकारी छैनन् । केही समयदेखि अगाडि बढेको कोरोना भाइरसको प्रकोपले पूर्वीय संस्कृतिको महत्व केही हदसम्म भएपनि उजागर गरेको छ ।
