
Amb
ksbus
Sdc


काठमाडौँ। काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा संयुक्त विद्यार्थी आन्दोलनले सरकारको प्रस्तावित निर्णयको विरोधमा मार्चपास गरेको छ। विभिन्न राजनीतिक दलसँग सम्बद्ध विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने तयारीको विरोधमा विद्यार्थीहरू सडकमा उत्रिएका हुन्।
विद्यार्थीहरूले घण्टाघरदेखि टीयू गेटसम्म मार्चपास गर्दै सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका थिए। उनीहरूको भनाइमा यस्तो प्रतिबन्ध संविधान र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुनुका साथै नागरिक अधिकारमाथिको हस्तक्षेप भएको आरोप लगाइएको छ। त्यसैले उक्त निर्णय तत्काल फिर्ता लिनुपर्ने उनीहरूको माग छ।
आन्दोलनरत विद्यार्थीहरूले अन्य विभिन्न मागहरू पनि अघि सारेका छन्। उनीहरूले बढ्दो महँगी नियन्त्रण गर्न, शैक्षिक संस्थाहरूमा ब्यारेकीकरण गर्ने अभ्यास अन्त्य गर्न तथा मेरिटोक्रेसी (योग्यता प्रणाली) लागू गर्न सरकारसँग आग्रह गरेका छन्।
त्यसैगरी, विद्यार्थीलाई प्रदान गरिँदै आएको ४५ प्रतिशत यातायात भाडा छुट यथावत् राख्न र विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने निर्णयसँगै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गर्ने योजना पनि फिर्ता लिनुपर्ने माग गरिएको छ।
