
Gmk
mbd
Pbu
Ksm
Mbdvs
Sds
gst
Rbs
Anm
Gisld

Hal
Gst
Ssm
Ksm
nsb
Vor
Asm
Bbbpu
Sls
Rgs
Tsm
Bbu
Pvg
Ggd
Rsb
Sbs
Rgu
Rgu
Wsp

bbt
Rpp
Syp
Gsb
sab
Abd
Bml
Jmb
Rmb
Mks
Pls
Jmb
Ptm
बाह्रै महिना हराभरा। बातावरण सफा, सुन्दर अनि रमणिय। देवदहमा बर्षौ देखी सतीसाल झै ठिङ्ग उभिएको छ एउटा बृक्ष, जुन बृक्ष अलौकिक छ र उत्तिकै बिशाल पनि । यहाँ पुग्नेहरु घण्टौसम्म त्यहाको दृश्यावलोकनमा समय बिताउने गर्छन् । आत्मैदेखि शान्ति महसुस गर्छन् र हराउंछन् यहि पाकडी बृक्षमा । त्यसैले त यस वृक्षलाई “The Tree Of Heaven” को उपमा दिईएको छ। वृक्ष वरपरको स्थान, यस वृक्षकै नाम “पाकडी” बाट राखीएको स्थानिय बताउँछन । यो वृक्ष मात्र एउटा जराबाट थुप्रै हागाहरु फैलिएको छ । यहि पाकड़ी बृक्ष हेर्न दिनहुँ पर्यटकहरु ओईरिन्छन ।रुपन्देहीको देवदह नगरपालिका वडा न. ८ मा रहेको विश्वकै दोश्रो तथा एसियाकै ठुलो रुख भनेर चिनिने यो वृक्ष हेर्नका लागि स्वदेसी तथा विदेशी पर्यटकहरु वर्षेनी हजारौंको हाराहारीमा आईरहन्छन् । वृक्षको छहारीमा बसेर आत्मसन्तुष्टि लिनका लागि पनि दिनहु मानिसहरुको घुईचो बढेको पाइन्छ । विशेष गरि यो बृक्षमा आन्तरिक एवं बाह्रय बुध्धिस्टहरु अवलोकन भम्रणमा आउने पर्यटकका कारण पाकड़ी तथा देवदह क्षेत्रमा पर्यटकको संख्या बढेको पाकडी बृक्षको रेखदेखमा खटिएका कर्मचारी थमन कुवरले बताए। ‘यो बृक्ष हेर्न दिनहुँ पर्यटकको भीड लाग्छ।’उनले भने।
‘पर्यटकहरु मध्य पनि चिनिया पर्यटकहरु बढी आउछन ।’ आन्तरिक पर्यटकको संख्या वृद्धिले पाकडी वृक्ष आसपासका होटल एवं किराना पसल व्यावासायीहरु उत्साहित भएका छन् ।
के गर्दै छ त नगरपालिका?
देवदहको महत्वपूर्ण सम्पत्तिको रुपमा रहेको पाकडी वृक्षलाई देवदह नगरपालिकाले संरक्षण र विकासको काम थालेको छ । उक्त वृक्ष संरक्षणका लागि देवदह नगरपालिकाले आर्थिक बर्ष ७४-७५ मा ५ लाख रुपैयाँ रकम बिनियोजन गरेको थियो । अहिले संरक्षणका लागि वृक्ष वरिपरि बाल तथा तार लगाईएको छ ।वृक्ष संरक्षणको लागि देवदह नगरपालिकाबाट कर्मचारी खटिएका छन। यस वृक्षलाई साक्षी राखी प्रेम प्रस्ताव राखेमा वा यसको वरपर नाम लेखेमा सम्बन्ध सुदृढ हुने विश्वास राखी युवा युवती आउने गरेको पाइन्छ । चलचित्रको छायाङ्गन गर्न र फोटो खिच्न मात्र नभई यस बृक्षको फेदीमा बसी आत्म सन्तुष्टि लिनका लागि समेत पर्यटकहरु आउने गर्दछन् ।
अन्य दिन भन्दा शनिवार चहल पहल बढि हुने गरेको पाकड़ी युवा क्लबका अध्यक्ष सागर भट्टराई बताउंछन। शनिवारका दिन करिब ४/५ सय पर्यटकहरु यहाँ आउने उनको भनाई छ ।यो वृक्षको संरक्षण र संवर्धन गर्ने हो भने समग्र देवदहको आर्थिक स्तर बदलिने सामाजिक अगुवाहरु बताउँछन ।
‘पाकडी बृक्ष’ मा चासो किन?
नेपालको मात्र होईन एशियाकै ठूलो वृक्षको रुपमा यस्लाई लिइन्छ। पाकडीको वृक्ष पुर्व पश्चिम महेन्द्र राजमार्गको शितलनगर चोकदेखि २ कि.मी. दक्षिणमा छ देवदह।हो यहि छ पाकडी बृक्ष। रहस्य नै रहस्य भेटिन्छन यो रुखमा । रुखको हागाहरुबाट कतै गणेश भग्वानको सुँड कतै विभिन्न भगवानका रुप बनेका देख्न सकिन्छ । यस्तै अन्य अनौठा आकृति देख्ने भएकाले पनि यस प्रती सबैको चासो बढ्न थालेको छ । ८२ फिट अग्लो अर्थात करिब ३० मिटर उचाई र झण्डै ३० मिटर नै परिधि भएको यस वृक्षले चार कट्ठा क्षेत्रफल ओगटेको छ । शान्तिका अग्रदुत गौतम बुद्धको मावली क्षेत्र अर्थात रुपन्देहीको देवदह । वौद्ध ग्रन्थका अनुसार बुद्धको मावली मात्र होइन श्रीमती यशोधराको माइती अर्थात बुद्धको ससुराली पनि हो देवदह ।महामानव गौतम बुद्धको जन्म र यस वृक्षको जन्म एकै समयमा भएको देखिएकोले यस वृक्षको ईतिहास पनि २५ सय बर्ष पहिलेकै भनेर बिश्वास गरिन्छ । ऐतिहासिक महत्व बोकेको यस वृक्षमा कुनै पनि चरा चुरुङीले गुड नलगाउने तथा हात्ती पनि नजिक नजाने बिशेषता रहेको छ। वृक्षमा देख्न सकिने बिभिन्न देविदेवताहरुका धार्मिक आकृतिहरुका आधारमा धार्मिक मान्यता अनुसार पुजा अर्चना पनि गरिन्छ । रुखलाई हानी पुर्याए दखल पुर्याउने भन्दै कसैको पनि यस वृक्षको हागाहरु काट्न हिम्मत गर्दैन्न। बौद्धग्रन्थहरुमा उल्लेख भए अनुसार तत्कालिन समय गौतम बुद्धबाट हालको यसै पाकडी वृक्ष भएको स्थानमा होमखाडी बनाएर यज्ञ गरेको तथ्यहरु देखिनुले सो यज्ञ गरिएको स्थानमा नै पाकडीको वृक्ष उम्रेको र यो बुद्धसंग सम्बन्धित रहेको पुष्टि हुन्छ ।
