
Sds
gst
mbd
Gisld
Mbdvs
Ksm
Anm
Gmk
Pbu
Rbs
क्वारेन्टाईन रित्तै

Asm
Ssm
Bbu
Ksm
Tsm
Hal
Rsb
Pvg
Sls
Ggd
Rgu
Sbs
Bbbpu
Vor
Wsp
Gst
Rgs
nsb
Rgu

bbt
Rpp
Syp
Ptm
Gsb
Bml
Abd
Rmb
Jmb
sab
Pls
Mks
Jmb
गुल्मीमा काम बिशेषले बिभिन्न मुलुकमा रहेका १७२३ जना आएको पाइएको छ । बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोविड–१९) को संक्रमणबाट जोगिन बिभिन्न मुलुक नेपाल बाहिरबाट ाउनेको संख्या १ हजार ७२३ जना रहेको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासीकय अधिकृत एमब् सूचना अधिकारी लक्ष्मण पाण्डेयले बताए ।
जिल्ल प्रशासन कार्यालय गुल्मीले संकलन गरेको तथ्यांक अनुसार नेपाल बाहिर भारत लगायत बिभिन्न मुलुकबाट चैत ५ गतेपछि संकलन गरेको हो । संकलन गरिएका व्यक्ति जिल्लाका बिभिन्न स्थानमा रहेको अधिकृत पाण्डेयले बताए ।
कोरोना भाइरस (कोविड–१९) को संक्रमण फैलिन नदिन अन्य मुलुकबाट आएकाहरुको नामावली संकलन गर्ने कार्य भइरहेको छ ।पछिल्लो समय यता धेरै जसो भारतबाट आएकाहरु रहेको तथ्याङ्कमा उल्लेख छ । प्रशासनले संकलन गरेको तथ्याङ्क अनुसार धेरै जसो परिवारमै रहेको पाइएको छ ।
५५ जना क्वारेन्टाइनमा
बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोविड–१९) को संक्रमण सतर्कता अपनाउन गुल्मी जिल्लामा बिभिन्न स्थानबाट आएकालाई क्यारेन्टाइनमा राखिएको छ । बैदेशिक रोजगारिका शिलसिलामा बिभिन्न देशबाट आएका ५५ जनालाई क्वारेन्टाइनमा राखिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।
जिल्लाको कालिगण्डकी गाउँपालिकामा २०, मुसिकोट नगरपालिकामा ४, इस्मा गाउँपालिकामा ११, धुर्कोट गाउँपालिकामा १० जना र मालिका गाउँपालिकामा १० जना गरेर ५५ जना क्वारेन्टाइनमा राखिएको छ । उनीहरु सवै पछिल्लो समय भारतबाट आएका हुन् । कोरोना संक्रमण छ छैन् भन्ने जाँच्नको निम्ति भारतबाट आएकाहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिएको हो ।
जिल्लाका सबै स्थानीय तहले बाहिरबाट आउने नव आगन्तुको नामावली संकलन गरिरहेका छन् । किितपय स्थानीय तहले बिदेश तथा भारतबाट आएकाहरुको घरमा रातो झण्डा समेत गाडन शुरु गरेका छन् ।
५ सय क्वारेन्टाइन तयार
गुल्मी जिल्लामा बिभिन्न स्थानीय ५ सय क्वारेन्टाइन बेड तयार गरेका छन् । बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोविड–१९) को संक्रमण सतर्कता अपनाउन र बिरामीको उपचार गर्नको जिल्लाका स्थानीयतहहरुले क्वारेन्टाइन बेड तयार गरेका हुन् ।
२ नगर १० गाउँपालिका रहेको गुल्मीमा ११ वटा स्थानीय तहले आइसुलेसन वार्डको स्थापन गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत एबम् सूचना अधिकारी पाण्डेयले बताए । रेसुङ्गा नगरपालिकाले १६, मुसिकोट नगरपालिकाले १८०, कालिगण्डकी गाउँपालिकाले १ १७, सत्यवती गाउँपालिकाले ८, रुरुक्षेत्र गाउँपालिकाले ५, चन्द्रकोट गाउँपालिकाले १६, छत्रकोट गाउँपालिका ५ वटा बेड तयार गरेका छन् ।
त्यस्तै इस्मा गाउँपालिकाले ११ क्वारेन्टाइन र ७ आइसोलेसन वेड निर्माण गरेको छ । मालिका गाउँपालिकाले २४, धुर्कोट गाउँपालिकाले १०० र मदाने गाउँपालिका ११ बेडको क्वारेन्टाइन निर्माण गरेको पाण्डेयले बताए ।
सबै स्थानिय तहमा हेल्प डेक्स
बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोविड–१९) को संक्रमण सतर्कता स्वरुप गुल्मीका सबै स्थानिय तहमा हेल्प डेक्स स्थापन गरिएको छ । जिल्लाका २ नगर र १० गाउँपालिकाहरुमा कोरोेना भाइरस भित्रिन नदिन हेल्थ डेक्स संचालन आएको जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले बताए ।भाइरसको संक्रमण हुन नदिन पुर्वतयारीहरु भइरहेको पराजुलीले बताए । कोरोनाभाइरस बाट बचाउन पुर्व तयारीका लागी विपद् व्यावस्थापन कोषको स्थापना गर्न लागेको जिल्ला समन्य समिति प्रमुख पराजुलीले बताए । तर जिल्लामा बिवद कोषको स्थापना गरिएको छ्रैन् । पालिकाहरुले आफनो बिपद कोष रहेता पनि छुट्टै संयुक्त कोष भने स्थापन गरेका छ्रैनन् ।
शसस्त्र प्रहरीले उपभोक्तालाई सिमा रेखा तयार
गुल्मीमा शसस्त्र प्रहरी वल गुल्मले अत्याबश्यक उपभोग्य सामाग्री किन बेच गर्ने उपभोक्तालाई सिमा रेखाङकन तोकेको छ । बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोविड–१९) को संक्रमण सतर्कता अपनाउन भन्दै जिल्लामा रहेका शसस्त्र प्रहरी वल (३७) नम्बर गुल्म गुल्मीले उपभोक्तालाई सामाग्री किन्न जाँदा रेखाङकन गरेर सिमा तोकेको हो ।
जिल्ला सदरमुकाम तम्घासमा रहेका पसलहरु अगाडी ३ फिट फरकममा अत्याबश्यक सामाग्री किन्ने उपभोक्तालाई सिमाङकन रेखामा बसेर किन्न को निम्त तयार गरिएको शसस्त्र प्रहरी वल गुल्म गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) बिनोदराज खनालले बताए । अत्याबश्यक सामाग्री किन्न जाँदा भिड भाड नगरि तोकिएको सिमा रेखामा बसेर सामाग्री लिनको निम्ती प्रहरीले पसल अगाडी सिमाङमन रेखा बनाएको हो ।
सशस्त्र प्रहरी वल गुल्मले जिल्ला सदरमुकाम तम्घासको प्रबेशद्धार देउरालीमा हेल्प डेक्स समेत राखेको छ । जिल्ला सदरमुकाम प्रबेश गर्नेको स्वस्थ्य जाँच गर्नको निम्ति हेल्प डेक्स स्थापना गरिएको डिएसपी खनालले बताए । बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोविड–१९) को संक्रमण सतर्कता स्वरुप जिल्लामा आफना गतिबिधीहरुलाई बढाएको छ ।
खाद्ययन्न संचित नगर्न व्यवसायीको आग्रह
अत्यावश्यक सेवा अन्र्तगत खाद्यान्न, तरकारी, फलफुल, दुध तथा औषधीको पसलबाट तोकिएको समयमा सामाग्री लिन सकिने भएकाले नागरिकलाई अनाबश्यक संचित नगर्न उद्योग वाणिज्य संघ गुल्मीका महासचिव ताराप्रसाद भुसालले बताए । बाणिज्य संघले जिल्लाका लागि आवश्यक खाद्यान्न, ग्यास, पेट्रोल, औषधीको पर्याप्त मात्रामा मौज्दात रहेकाले कुनै पनि सामानको अनावश्यक सञ्चित नगर्न समेत उपभोक्ताहरुलाई आग्रह गरेको छ ।
