
Amb
Sdc
ksbus


काठमाडौं । बस्तीबाट विस्थापित भएका सुकुमवासीहरूले सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।
सरकारले विस्थापितहरूको व्यवस्थापनका लागि दिएको १०० दिनको समयसीमा पूरा भएको भन्दै विभिन्न माग र प्रश्नसहित उनीहरू प्रदर्शनमा उत्रिएका हुन्।
माइतीघरमा बस्तीबाट विस्थापित भएका सुकुमवासीहरू भेला भएर सरकारसँग आफ्नो आवास तथा व्यवस्थापनको माग गरेका थिए।
प्रदर्शनका क्रममा उनीहरूले उठीबासको अन्त्य, समानताको सुरुवात, मेरो घर खोइ?’, ‘नेताको घर ठिक, गरिबको टहरा बेठिक?’, ‘डोजर आतंक बन्द गर’, ‘डोजर होइन, समाधान दे’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
विस्थापित सुकुमवासीहरूले आफूहरूको समस्या तत्काल समाधान गर्न र उचित व्यवस्थापनको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
