
Amb
ksbus
Sdc


काठमाडौँ । सार्वजनिक शान्ति विरुद्धको कसुरमा आइतबार राति भक्तपुर स्थित निवासबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं आज रिहा भएका छन् ।
प्रसाईंलाई सोमबार जिल्ला अदालत भक्तपुरले म्याद थप्न अस्वीकार गरेपछि उनी रिहा भएका हुन् । उनले आइतबार पत्रकार सम्मेलेन गर्दै सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका थिए ।
त्यस्तै,प्रसाईं यसअघि भड्काउ अभिव्यक्ति दिएकै आधारमा पटक-पटक पक्राउ पर्दै र छुट्दै आएका थिए । उनी राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत हुन् ।
