Sidha Patra सोमबार, साउन १८, २०८३

काठमाडौं । नेपाली महिलाहरुको महान् चाड तिज पर्वलाई लक्षित गर्दै गीतकार प्रेम संगमको शब्द रहेको नयाँ तिज गीत ‘मै कस्ती भाकि छु’ सार्वजनिक गरिएको छ ।

गीतमा गायिका नीता थापा मगरको स्वर रहेको छ भने राजकुमार बगरले संगीत सिर्जना गरेका छन् । गीतको संगीत संयोजन हेमन्त कान्छा रसाइलीले गरेका हुन् । गीतको अडियो त्रिवेणी डिजिटल स्टुडियोमा तयार गरिएको हो ।

गीतको भिडियोमा निशा मगर र विक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ । भिडियोको कोरियोग्राफी मौसम बरालले गरेका छन् भने छायांकन, सम्पादन र रङ संयोजन निर्मल प्याकुरेलले गरेका छन् ।

त्यस्तै,भिडियोका उत्पादन व्यवस्थापक भीमप्रसाद पौडेल रहेका छन् । प्रकाश व्यवस्थापन खगेन्द्रले सम्हालेका छन् भने तस्बिर हरिराम रोकायाले खिचेका हुन् । भिडियो छायांकनका लागि सम्पदा प्रोडक्सन हाउसको उपकरण प्रयोग गरिएको छ ।

श्रीनाथ फिल्म्स, सुर्खेतमा भिडियो निर्माण गरिएको हो भने पोस्ट–प्रोडक्सन कृपा एन्ड कृतिका प्रोडक्सनले गरेको छ । तिज पर्व नजिकिँदै गर्दा सार्वजनिक गरिएको ‘मै कस्ती भाकि छु’ले नेपाली महिलाका भावना र तिजको सांस्कृतिक उत्सवलाई समेट्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ । गीत Pratiksha Sijapati नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएकाे छ । गीतको लिंक  https://youtu.be/KvipASjjGB0?si=luqmGYBcwP52L1bX

नेपाल न्यूज पोइन्टस

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]