Sidha Patra सोमबार, साउन १८, २०८३

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई राज्य विरुद्धको कसुर सहितका ३ वटा मुद्दामा अनुसन्धान गर्नुपर्ने भन्दै अदालतसंग प्रहरीले ७ दिनको म्याद मागेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरले सरकारी वकिल मार्फत ७ दिनको म्याद मागेको हो । प्रसाईंलाई म्याद थप्नेबारे जिल्ला अदालत भक्तपुरमा बहस भइरहेको छ । आइतबार राति प्रहरीले उनलाई भक्तपुरस्थित निकोसेराबाट पक्राउ गरेको थियो । प्रसाईंविरुद्ध प्रहरीले राज्यविरुद्धको कसुर अन्तर्गतको सार्वभौमसत्ता वा अखण्डतामा खलल पार्न सक्ने गरी गतिविधि गरेको, सार्वजनिक शान्ति विरुद्धको कसुर गरेको र विद्युत्तीय कारोबार सम्बन्धी ऐन विरुद्धको कसुरमा हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै म्याद मागेको छ ।

त्यस्तै,सार्वभौमसत्ता वा अखण्डतामा खलल पार्न सक्ने गरी वर्गीय जातीय, धार्मिक क्षेत्र वा यस्तै अरू कुनै आधारमा घृणा द्वेष वा अवहेलना उत्पन्न हुने काम गरे गराएमा ३ वर्षसम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।प्रसाईंले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर आन्दोलन गर्ने घोषणा गरेका थिए । त्यसपछि उनी राति पक्राउ परेका हुन् । उनी राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक हुन् ।

यस्तै,गतवर्ष जेनजी प्रदर्शन भन्दा अगाडी उनले काठमाडौँको तीनकुनेमा प्रदर्शन गरेका थिए । त्यसबेला दुई जनाको मृत्यु भएको थियो । प्रसाईं यसअघि पनि पटक पटक पक्राउ परेर छुट्दै आएका थिए । यसअघि जेठ ४ मा प्रहरीले उनलाई पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]