Sidha Patra बुधबार, फाल्गुण १२, २०७७

काठमाडौं । संसद पुनःस्थापना भएको खुसियालीमा नेकपा प्रचण्ड-माधव समूहले काठमाडौंमा विजय जुलुस निकालेको छ ।

काठमाडौंको विभिन्न स्थानबाट निकालिएको जुलुस शान्तिबाटिकामा पुगेर सभामा परिणत भएको थियो । त्यस्तै सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव कुमार नेपालले सम्बोधन गर्नु भएको थियो ।

यस्तै विजय जुलुसमा सहभागीहरुले रातो टीका लगाएका थिए । सूर्य र हँसिया हथौडा बोकेका उनीहरुले लोकतन्त्र जिन्दावाद,केपी ओली बाई-बाई,लगायतका नारा समेत लगाएका थिए ।

त्यसैगरी संसद विघटनको विरोधमा पूर्वनिर्धारित विरोध कार्यक्रमलाई प्रचण्ड-माधव समूहले बुधबार विजय जुलुसमा परिणत गरेको थियो । सो समूहले देशभर विजय जुलुस निकाल्न मातहतका कमिटीहरुलाई निर्देशन दिएको छ ।

काठमाडौंको कार्यक्रममा सहभागी हुन प्रचण्ड र माधव नेपाल चितवनको सभालाई सम्बोधन नगरी बिहान काठमाडौं फर्कि सक्नु भएको थियो । यस्तै बुधबार संसद पुनःस्थापना भएको खुसियालीमा देशका विभिन्न स्थानमा विजय जुलुसका कार्यक्रम सम्पन्न भएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]