नरहरी पौडेल,पोखरा। बिहिबार, चैत्र १३, २०७६

पोखरा र आसपासमा अलपत्र परेका आफ्ना नागरिकलाई फ्रान्सेली दुतावासले फिर्ता लगेको छ । नेपाल घुम्न आएका आफ््ना नागरिकलाई बुद्ध एयर जहाज चार्टड गरेर दुतावासले काठमाण्डौं लगेको हो ।
अन्नपूर्ण पदमार्ग र हिमाली जिल्लामा रहेका पर्यटक तथा विभिन्न जिल्लामा अलपत्र पर्यटकलाई जम्मा गरेर काठमाण्डौं लगिएको एम्बेसीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले विभिन्न समयमा उद्धार गरेका पर्यटकलाई गाडीमार्फत पोखरा पठाएको थियो ।त्यसबाहेक पोखरामा भएका पर्यटकलाई समेत दुतावासले खवर गरेर एयरपोर्ट भेला हुन सूचना जारी गरेको थियो । त्यसपछि जम्मा भएका ५९ पर्यटकलाई बुद्ध एयरको विमानमार्फत काठमाण्डौं लगिएको हो । विमानस्थलका अनुसार २४ जना महिला, ३४ जना पुरुष र १ बच्चा पठाईएको छ । एक फ्रान्सेली नागरिक पोखरामै छुटेकी छिन् ।कोरियाले पनि आफ्ना नागरिकको खोजी गरिरहेको छ । मुस्ताङबाट मात्रै १ सय २१ विदेशीलाई गाडीमा चढाएर पोखरा पठाएको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए । २२ देशका नागरिकको उद्धार गरेर पोखरा र कठमाण्डौं पठाईएको उनले सुनाए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]