
Lnp
Ggp
Ksbus
Asbus
Ksbus
Msbus
Ggp
Rgp
Sdc
प्युठानीलाई बधाई


जिल्लाका एक ३१ बर्षीया युवकले गाउँमै मोबाइलबाट मोटर चालु र बन्द हुने प्रबिधि बनाएका छन् । प्युठान नगरपालिका १ भलवाङका याम बहादुर थापाले मोबाइलबाट पानी तान्ने मोटर चालू र बन्द गर्ने प्रबिधि बनाएका हुन् ।उनले बनाएको यो प्रबिधी बिश्वका जुनसुकै स्थानमा रहेर पनि मोटर बन्द र चालू गर्न मोबाईलवाटै सकिन्छ। ‘मोबाइलमा २ वटा सिम चाहिन्छ’ थापाले भने,’एउटा नम्बरले अन हुन्छ, अर्को नम्बरले अफ ‘
अवसर र आर्थिक सहयोग पाए विज्ञानमा चमत्कारी निर्माण गर्न सक्ने उनको भनाई छ।’यो बिश्वकै नयाँ प्राविधि भएको समेत उनले दाबी गरे।२०६५ सालमा माण्डबी माबी नयाँ गाउँबाट एसएलसी पास गरेपछि बैदेशिक रोजगारीका लागी बिदेस पसे। दुई बर्ष साउदी अरबमा बसेर फर्केपछी मात्र उनले यस्तो प्रबिधीमा हात हालेका हुन।स्कुल पढ्दादेखि नै बिज्ञान र प्राविधिमा चासो राख्ने बताउने थापाले एक बर्षको प्रयासपछि यो सफलता पाएका हुन। स्थानीय जनप्रतिनिधि र राज्यका विभिन्न निकायका अधिकारीहरुले सहयोग भए थप प्रोत्साहन हुने उनको भनाई छ । पर्याप्त पुँजी र उपकरण भए नेपालमै विभिन्न सामाग्री बनाउन सकिनेमा थापा बिश्वस्त छन। थापाले यसअघि प्यारामोटर आबिश्कार गरेका थिए तर उपयुक्त स्थानको अभावले प्यारामोटर परीक्षण उडानसमेत गर्न पाएका छैनन । त्यतिबेला थापाले करिब १ लाख ५० हजारको लागतमा प्यारामोटर निर्माण गरेका थिए । यो चमत्कारी काम गरेको थाह पाएपछि उनलाई घरमै आएर बधाई दिनेको लर्को छ ।
