
Rgp
Rgp1
Gfs
Srbpu
cjs
Pbu
Lnp
Sgr
pku
Djs
Unsku
sbs
Pes
Ggp

Ggd
Rgu
Rgu
Ssm
Bbu
Tsm
Sls
Pvg
Sbs
Rsb
Hal
Vor
Wsp
Bbbpu
Ksm
Asm
Rgs
Gst
nsb

Bml
Ptm
Mks
sab
Gsb
Rpp
Jmb
Rmb
Abd
bbt
Jmb
Pls
Syp
दाङको तुलसीपुरमा फूलका थुंगाको न्यूनतम मूल्य प्रतिकेजी तीन सय रुपैयाँ निर्धारण गरिएको तुलसीपुर उपमहानगरका मेयर टिकाराम खड्काले बताए।
उत्पादन गरेका फूल र माला सहज रूपमा बिक्री तथा वितरण गर्न के गर्नुपर्छ भनेर छलफल गर्न बिहीबार बिहान उपमहानगरपालिकाले किसान र सम्बन्धि व्यक्तिलाई बोलाएको थियो। उनीहरूले कालोबजारी रोक्न र अस्वस्थ प्रतिस्पर्धा रोक्न फूल तथा मालाको मूल्यमा एक रूपता ल्याउनुपर्ने माग राखेका थिए।
छलफलपछि मेयर खड्काले सयपत्री फूल र मालाको न्यूनतम मूल्य निर्धारण गरेका हुन्। एक केजी फूलमा जात अनुसार साढे दुईदेखि तीन वटासम्म माला बनाउन सकिन्छ। प्रतिमाला एक सय २५ सम्म मूल्य निर्धारण गर्न प्रस्ताव गरिएको छ।
त्यसपछि किसानले उत्पादन गरेका फूल तथा मालाको बजारीकरणमा सहजता होस् भनेर मेयर खड्काले नै तुलसीपुरका विभिन्न चार स्थान तोकिदिए।
उत्तरमा अरनिको मैदान, दक्षिणमा तरकारी तथा फलफूल परिसर, पश्चिममा बसपार्कको कोसेली घर र पूर्वमा घोराही रोडस्थित तुलसीमार्टबाट फूल तथा माला बिक्री वितरण गर्ने ठाउँ तोकिएका छन्।
यो पटक तुलसीपुर क्षेत्रमा १५ जना किसान र चार वटा सामुदायिक तथा निजी स्कुल–कलेजका विद्यार्थीले तिहारलाई लक्षित गरी फूल खेती गरेका छन्।
गोरखा मोडेल कलेजका विद्यार्थीले तुलसीपुर–६ गोलौरामा, तुलसीपुर बहुप्राविधिक शिक्षालयका विद्यार्थीले वडा नं. १२ हरिपौरीमा, गुरु जजुर नमूना माविका विद्यार्थीले वडा नं. ४ को रक्षाचौरमा र अमर मावि उरहरीका विद्यार्थीले वडा नं. ११ मा पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत सयपत्री फूल खेती गरेका छन्।
