
Pes
Rgp
Gfs
Pbu
Rgp1
Sgr
cjs
Srbpu
sbs
Unsku
Lnp
Ggp
Djs
pku

Hal
Rgu
Ssm
Asm
Rgu
Vor
Gst
Bbu
Ggd
Tsm
Bbbpu
Wsp
Rsb
Pvg
Sls
Ksm
Sbs
Rgs
nsb

Gsb
Ptm
Bml
sab
Mks
Jmb
Syp
Rpp
bbt
Pls
Jmb
Rmb
Abd
काठमाडौँ । सर्वोच्च अदालतको फैसलालगत्तै योगराज ढकाल भनिने रिगल पक्राउ परेका छन् । उनी बिहीबार अपराह्न नेपालगन्जबाट पक्राउ परेका हुन् ।
ढकाललाई नेपालगञ्जबाट पक्राउ गरिएको बाँकेका एसपी सुवासचन्द्र बोहराले रातोपाटीलाई बताए । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै निजलाई तत्काल पक्राउ गरेर थुनामा राख्न परमादेश समेत दिएको थियो ।
त्यस्तै संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको उक्त सिफारिससँगै ढकाल कारागारमुक्त भएका थिए । सर्वोच्चको फैसलापछि उनी अब ११ वर्ष ११ महिना ५ दिन जेलमा बस्नुपर्ने भएको छ ।
