
Srbpu
sbs
cjs
Djs
Unsku
Rgp1
Lnp
Rgp
Ggp
Gfs
Pes
Pbu
Sgr
pku

Bbu
Rgu
Gst
Wsp
Hal
Asm
Vor
Rsb
Sbs
Sls
Pvg
Ggd
Bbbpu
nsb
Rgs
Ssm
Ksm
Tsm
Rgu

Jmb
Jmb
bbt
Bml
Rmb
Mks
Gsb
Ptm
Syp
sab
Rpp
Pls
Abd
काठमाडौँ । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) लाई पक्राउ गर्न आदेश दिएको छ । सर्वोच्चले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय बदर गर्दै भारती शेर्पाको पक्षमा फैसला सुनाएको हो ।
नेपालगञ्जका चेतन मानन्धरको हत्यारा रिगललाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएपनि त्यसलाई उल्ट्याउँदै निर्णय बदर गरेको हो ।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा,सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै उनलाई निजलाई तत्काल पक्राउ गरेर थुनामा राख्न परमादेश समेत दिएको छ ।
संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको उक्त सिफारिससँगै ढकाल कारागारमुक्त भएका थिए ।
त्यस्तै ढकालले हत्या गरेका चेतन मानन्धरकी पत्नी शेर्पाले सरकारी निर्णविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।रातोपाटीबाट
