
Rgp
cjs
Unsku
Pbu
Djs
Pes
Gfs
Lnp
Srbpu
pku
sbs
Ggp
Rgp1
Sgr

Bbbpu
Rgu
Bbu
Rgu
Rgs
Gst
Wsp
Tsm
nsb
Ssm
Rsb
Pvg
Vor
Ksm
Hal
Ggd
Sls
Asm
Sbs

Jmb
Gsb
Syp
Bml
Rpp
Pls
Ptm
Rmb
bbt
Jmb
Abd
Mks
sab
काठमाडौं । पछिल्लो चिसो मौसम सुरु भएपनि डेंगुको संक्रमण रोकिएको छैन । काठमाडौंका अस्पतालमा डेंगुका लक्षण लिएर उपचार गर्न जाने बिरामीको संख्यामा कमी नआएको चिकित्सकहरु बताउँछन् ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगुका शंकास्पद बिरामी दैनिक १५ देखि २० जना पुग्ने गरेका छन् । अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार चिसो मौसम सुरु हुँदा पनि डेंगु संक्रमण घटेको छैन ।
संक्रमण घट्न अझै दुई–तीन हप्ता लाग्ने उनको आंकलन छ । ‘चिसो मौसममा पनि दैनिक १५–२० जनाको हाराहारीमा डेंगुका बिरामी अस्पताल आइरहेका छन् । अझै दुई–तीन हप्ता डेंगुको जोखिम नै रहने देखिन्छ’, डा. पुनले भने । काठमाडौं उपत्यकाका वीर, पाटन र त्रिवि शिक्षण अस्पतालमा पनि डेंगुका शंकास्पद बिरामी आइरहेका छन् । पाटन अस्पतालका मेडिकल विभाग प्रमुख डा. युवराज शर्माका अनुसार बहिरंग कक्ष (ओपीडी) मा दैनिक १० देखि १५ जना डेंगु संक्रमणसँग मिल्दोजुल्दो लक्षण लिएर आउने गरेका छन्, जसमध्ये अधिकांशलाई डेंगु पुष्टि पनि भएको छ ।
त्यस्तै ‘हिजो मौसमी रूपमा देखिने कीटजन्य रोग काठमाडौं उपत्यकाको उचाइमा अब वर्षभरि नै संक्रमण हुन सक्ने जोखिम छ । यसको कारण भनेको तापक्रम बढ्नु र अस्वाभाविक रूपले वर्षा हुनु हो’, नेपाल स्वास्थ्य अनुसन्धान परिषादका डा. मेघनाथ धिमाल भन्छन् । चिसो मौसम सुरु हुँदा पनि डेंगुको संक्रमण देखिइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को तथ्यांकले पनि देखाँउछ । इडीसीडीका अनुसार गत पुसयता देशभर ४२ हजार ४११ जनामा डेंगु संक्रमण देखिएको छ र २० जनाको मृत्यु भइसकेको छ । देशका १० जिल्लामा ५०० भन्दा बढी डेंगुका सक्रिय संक्रमित छन् ।
सबैभन्दा बढी सुनसरीमा १६ हजार १०५ जनामा डेंगुका सक्रिय संक्रमित छन् । त्यस्तै, तनहुँमा ६ हजार ११६, झापामा तीन हजार ६७७, धादिङमा तीन हजार १९३, मोरङमा दुई हजार २९०, कास्कीमा दुई हजार २७० ,काठमाडौंमा ९९१ र गोरखामा ६६२ जना संक्रमित छन् । कैलाली र धनकुटामा पनि ५०० भन्दा बढी संक्रमित छन् ।
त्यस्तै अघिल्ला वर्षहरूमा पनि चिसो मौसममा डेंगु संक्रमण घटेको थिएन । गत वर्ष सेप्टेम्बरमा २७ हजार ५२९ जना संक्रमित थिए भने यस वर्ष ११ हजार ५८० संक्रमित भेटिएका छन् । गत वर्ष अक्टोबरमा १७ हजार ८८९ संक्रमित भएका थिए भने यस वर्ष नौ हजार एक जनामा संक्रमण देखिएको छ । गत नोभेम्बरमा चार हजार २९० संक्रिमत भेटिएका थिए भने डिसेम्बरमा ४८३ जना संक्रमित थिए । पछिल्लो वर्षको तथ्यांकले यस वर्ष पनि संक्रमण रहिरहन सक्ने देखिन्छ ।
किन घटेन डेंगु संक्रमण ?
सामान्यतया डेंगु सार्ने लामखुट्टेलाई २५ देखि ३० डिग्री सेल्सियसको तापक्रम उपयुक्त मानिन्छ । तर पछिल्लो समय यो भन्दा कम तापक्रममा पनि डेंगु सार्ने लामखुट्टे सक्रिय रहेको पाइएको छ ।
जनस्वास्थ्यविद्का अनुसार, कीटजन्य रोग विस्तार हुनुमा जलवायु परिवर्तन, मानिसको बसाइँसराइ, तीव्र शहरीकरण, कीटाणुमा कम तापक्रममा बाँच्न सक्ने क्षमताको विकास लगायत कारण रहेका छन् ।
तराईका जिल्लामा प्रकोपकै रूपमा देखिएको डेंगु संक्रमण गर्मी बढेपछि घटेको पाइएको थियो । किनकि, तापक्रम ३५ डिग्री सेल्सियस नाघेपछि डेंगु सार्ने लामखुट्टे बाँच्न सक्दैन । तर यसको उल्टो पहाडी र हिमाली क्षेत्रमा लामखुट्टेको प्रकोप बढ्दो छ । किनकि विज्ञका भनाइमा १२–१३ डिग्रीमा पनि डेंगु सार्ने लामखुट्टै सहजै बाँच्न सक्छ ।
डा. पुनका अनुसार डेंगु सार्ने लामखुट्टे १० देखि १२ डिग्री सेल्सियस तापक्रम रहँदासम्म हराउँदैन । हिजोआज पहाडी क्षेत्रको तापक्रम १० देखि १२ डिग्री सेल्सियसभित्रै रहेका कारण लामखुट्टे हराएको छैन ।
नेपालबाट मनसुन बाहिरिएको लामो समय भएको छैन । गत असोजमा त ठूलो पानी परेको थियो । त्यतिबेला परेको पानी खुल्डा–खुल्डीहरुमा जमिरहेको हुन्छ । त्यसमा लामखुट्टेको लार्भा विकास भइरहेको छ ।
‘अहिले तापक्रम पनि उपयुक्त र लार्भाको वृद्धि विकास गर्ने ठाउँ प्रर्याप्त मात्रामा भएकाले डेंगु संक्रमणले निरन्तरता पाइरहेको छ’, डा. पुन भन्छन् ।
त्यस्तै, लामखुट्टेले घट्दो तापक्रमसँग लड्ने क्षमताको विकास गरिसकेको छ । जनस्वास्थ्यविद् डा. शरद वन्त पहाडी र हिमाली क्षेत्र पनि कीटजन्य रोगका लागि उपयुक्त वातावरण बन्दै गएको बताउँछन् । ‘५ हजार फिटको उचाइभन्दा माथि हिजोका दिनमा डेंगु वा औंलो लाग्दैन भनिन्थ्यो । किनभने, त्यो उचाइमा औलो सार्ने लामखुट्टेको अस्तित्व हुँदैन भन्ने गरिन्थ्यो’, डा. वन्तले भने, ‘अहिले आएर हिमाली जिल्लामा डेंगुका बिरामी छन् । जुन जलवायु परिवर्तनको प्रत्यक्ष असर हो ।’
मलेरिया, डेंगु, चिकुनगुनिया, कालाज्वर, स्क्रब टाइफस, जापानिज एन्सेफ्लाइटिस, हात्तीपाइले जस्ता कीटजन्य रोगहरू अब तराईबाट पहाड हुँदै हिमालतिर पुगिरहेका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान प्रमुख तथा वातावरणीय स्वास्थ्यमा विद्यावारिधि गरेका डा.मेघनाथ धिमालका अनुसार, तराईमा पाइने लामखुट्टेले अब आफूलाई पहाडी र हिमाली वातावरणमा अनुकुनलन गराएका छन् ।
‘जलवायु परिवर्तनको असर उच्च भू–भागमा देखिएको छ । हिजोका दिनमा चिसो हुने ठाउँमा तापक्रम बढेसँगै प्रत्यक्ष रूपमा लामखुट्टे, भुसुनाका कारण लाग्ने कीटजन्य रोग फैलिएका छन्’, डा. धिमाल भन्छन्, ‘मौसममा बदलावसँगै अन्य कारणले तराईको रोग पहाड अनि हिमालमा उक्लिएको छ ।’
पछिल्ला वर्षहरूमा लामखुट्टेले चिसोसँग लड्ने क्षमता विकास गरिरहेको उनको भनाइ छ । कुनै समय निश्चित भौगोलिक क्षेत्रमा मात्र देखिने कीटजन्य सरुवा रोग हिजोआज नयाँ नयाँ क्षेत्रमा पुगिरहेका छन् । मलेरिया,डेंगु,चिकुनगुनिया, कालाज्वर,स्क्रब टाइफस,जापानिज एन्सेफ्लाइटिस, हात्तीपाइले जस्ता कीटजन्य रोगहरू अब तराईबाट पहाड हुँदै हिमालतिर पुगिरहेका छन् । डा. धिमालका अनुसार पहाड तथा हिमालका जिल्लाको तापक्रम बढ्दै गइरहेको छ । ३०–४० वर्षको तथ्यांक हेर्दा १.५ डिग्री सेल्सियसभन्दा बढी बढीले पहाड र हिमालको तापक्रम बढिरहेको छ ।
यही कारणले ती क्षेत्रमा लामखुट्टेका लागि उपयुक्त वातावरण बनिरहेको छ । नेपालको तापमान सन् १९६८ देखि १९९० को दाँजोमा सन् २०३० मा १.४ डिग्री सेल्सियस, सन् २०६० मा २.८ डिग्री सेल्सियस र सन् २०९० मा ४.७ डिग्री सेल्सियसले वृद्धि हुने वैज्ञानिकहरूको अनुमान छ ।
त्यसैले डेंगु, कालाज्वर, स्क्रब टाइफस रोगको जोखिम वर्षभरि नै छ । ‘हिजो मौसमी रूपमा देखिने कीटजन्य रोग काठमाडौं उपत्यकाको उचाइमा अब वर्षभरि नै संक्रमण हुन सक्ने जोखिम छ । यसको कारण भनेको तापक्रम बढ्नु र अस्वाभाविक रूपले वर्षा हुनु हो’, डा. धिमाल भन्छन् । एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेको टोकाइबाट हुने डेंगु संक्रमण पहिलो पटक सन् २००४ मा चितवनमा आएका एक विदेशी नागरिकमा भएको थियो । त्यसपछि सन् २००६ मा तराई र भित्री मधेशका केही जिल्लामा डेंगुका बिरामी भेटिएका थिए ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले २०७८ जेठमा डेंगुबारे अध्ययन गरेको थियो । परिषद्का प्रमुख अनुसन्धान अधिकृत मेघनाथ धिमाल सहित १४ जनाले गरेको अध्ययनमा जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण मलेरिया, डेंगु, चिकनगुनिया, जापानिज इन्सेफ्लाइटिस जस्ता संक्रामक रोग बढ्न थालेको उल्लेख छ ।
अध्ययनका क्रममा धिमालको टोलीले समुद्री सतहबाट ८५ मिटर उचाइको वीरगन्जदेखि दुई हजार १०० मिटर उचाइको धुन्चेसम्म ८३४ वटा घरबाट जमेका पानीको नमूना संकलन गरेको थियो । नमुनामा डेंगु फैलाउने लामखुट्टेका जीवाणु फेला नपरेको कुनै ठाउँ थिएन ।अनलाइनखबर
