
Srbpu
Gfs
cjs
Rgp1
Djs
Unsku
Ggp
Lnp
Pes
sbs
pku
Sgr
Pbu
Rgp

Pvg
Hal
Rsb
Vor
nsb
Rgu
Sbs
Sls
Gst
Bbu
Ksm
Tsm
Rgu
Ggd
Wsp
Ssm
Rgs
Bbbpu
Asm

Jmb
Abd
Syp
Pls
Bml
Jmb
Rpp
bbt
Gsb
Ptm
Mks
sab
Rmb
पछिल्लो पटक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवामै धेरै अलमलिएको देखिन्छ । त्यसको पछिल्लो उदाहरण रौतहटको वृन्दावन नगरपालिकालाई लिन सकिन्छ । त्यहाँ दुई जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकेपछि अहिले नगरपालिकाको काम ठप्प भएको छ ।
मन्त्रालयले वृन्दावन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव सुरेन्द्र प्रधान र नगरपालिकाकै शाखा अधिकृत रासनारायण पटेललाई जिम्मेवारी तोकेको हो । सुरुमा प्रधानको सरुवा गरे पनि उनी नगएपछि पटेललाई नै निमित्तको जिम्मेवारी दिइएको हो ।
रौतहटको फतुवाविजयपुर नगरपालिकामा कार्यरत प्रधानलाई कार्यरत पालिकाको काममा बाधा नपर्ने गरी वृन्दावनको आर्थिक तथा प्रशासनिक कार्यसहितको जिम्मेवारी दिइएको थियो । यसमा मेयर विनोदप्रसाद कुर्मीले असन्तुष्टि व्यक्त गरेपछि उनी वृन्दावन गएनन् ।
तर, दसैँमा कर्मचारीलाई तलबलगायत आर्थिक हरहिसाब मिलान गर्न समस्या भयो । त्यसपछि मन्त्रालयले शाखा अधिकृत पटेललाई दुई महिनाको लागि निमित्तको जिम्मेवारी दिएको थियो ।
पटेल नेपाल स्वास्थ्य सेवा, हेल्थ इस्फेक्सन समूह अधिकृतस्तर छैटौँ तहका कर्मचारी हुन् । विवादपछि रौतहटस्थित कोष तथा लेखा नियन्त्रणको कार्यालयले खाता रोक्का गरिदिएको छ ।
‘मन्त्रालयले एउटै पालिकाका लागि दुई जनालाई प्रमुख प्रशासकीय अधिकृत तोकेपछि विवाद भयो,’ प्रमुख कोष निर्देशक राजप्रसाद फुयाँलले भने,‘दसैँमा तलब खुवाउन कात्तिक ३ गते १० वजेदेखि तीन बजेसम्म खाता खोलिदिएर बन्द गरिदिएका छौँ ।’
त्यसै,फुयालका अनुसार मन्त्रालयलाई विवाद सुल्झाएर एकजनालाई मात्रै प्रमुख प्रशासकीय अधिकृत तोकेपछि मात्रै खाता खोलिदिने व्यहोराको पत्र पठाइएको छ ।
वृन्दावनमा हाजिर हुन नगएका प्रधान साबिक जिम्मेवारी फतुवाविजयपुर नगरपालिकामा समेत गएका छैनन् । मेयर गोपाल राय यादवले शाखा अधिकृत शम्भुकुमार यादवलाई प्रमुख प्रशासकीय अधिकृतको काम गर्न भनेका छन् ।
तर, मन्त्रालयबाट आधिकारिक पत्र नआएका कारण शम्भुसमेत केही दिनदेखि कार्यालयमा उपस्थित छैनन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा थुप्रै कामहरू पेन्डिङमा रहेको सूचना तथा सञ्चार प्रविधि अधिकृत हंसराज कुमार यादवले बताए ।
उनले भने, ‘पहिलाको हाकिमसाब पनि आउनु भएको छैन । यादव सरपनि आउनु भएको छैन । यसले गर्दा काममा बाधा भईरहेको छ ।’
रौतहटको फतुवाविजयपुर र वृन्दावन नगरपालिकामा देखिएको अस्वस्थ राजनीतिक चलखेल उदाहरण मात्रै हुन् । जनप्रतिनिधिले नै आफू निकटका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत बनाउन खोज्दा अहिले धेरै पालिकाहरू निमित्तका भरमा चलिरहेका छन् ।
मन्त्रालयका सहायक प्रवक्ता अश्विन कुमार पोखरेलले दसैँमा बैक खाता चलाउनै पर्ने भएकाले केही समयको लागि निमित्तको जिम्मेवारी दिइएको बताए । उनले भने,‘वृन्दावनको मलाई थाहा भएन, बाँकी निमित्त पठाएको हकमा भने आवश्यकताकै आधारमा पठाइएको हो । पछि निमित्त हटाउँछौँ ।’
मन्त्रीकै जिल्लामा ८ वटा पालिका निमित्तका भरमा
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी साहकै जिल्लामा ११ वटा नगरपालिकामध्ये ८ वटा निमित्तका भरमा चलिरहेको छ । जिल्लाको कमला नगरपालिकामा एक महिनाअघि मात्रै प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएका सावन्त कुमार चौधरीलाई मेयर विशेश्वर यादवले हाजिर गर्न नदिएपछि विवाद चलेको हो ।
उपमेयर शीला देवी मण्डलले चौधरीलाई हाजिर गर्न दिएपछि मेयर यादव उनको सरुवाको लागि मन्त्रालय धाइरहेका छन् । अहिले मेयर यादव र उपसचिव चौधरी काठमाडौँमै छन् ।
जिल्लाको विदेह नगरपालिका पनि निमित्तकै भरमा चलिरहेको छ । मन्त्रालयले सावन चौधरीको सरुवा गरे पनि उनले चिठी नबुझेपछि शाखा अधिकृत सञ्जीव कुमार साहलाई निमित्तको जिम्मेवारी दिइएको छ ।
त्यस्तै, अन्य नगरपालिकाहरु क्रमशः शहिदनगर नगरपालिका, क्षिरेश्वनाथ नगरपालिका, हंसपुर नगरपालिका पनि निमित्तकै भरमा चलेका छन् ।
मन्त्रालयका अनुसार मन्त्री अनिता देवीले जिम्मेवारी सम्हालेपछि मधेस प्रदेशमा धेरै निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकिएका छन् ।
स्रोतले भन्यो,‘असारमा बैंक खाता चलाउनै पर्ने भएकाले केही पालिकामा निमित्तको जिम्मेवारी दिइएपनि साउनदेखि बन्द गरिएको थियो, मन्त्रीज्यू आएपछि ४४ वटा पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिएको छ ।’
मन्त्रालयले कानुनअनुसार सरुवा नगर्दा र आफ्नो निर्णयमा अडिग रहन नसक्दा यो अवस्था सिर्जना भएको एक अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृतका अनुसार अहिले ६१ वटा नगरपालिका र ६८ वटा गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतकै भरमा चलेका छन् ।
पालिका प्रमुखहरुलाई कामको बोझ
मन्त्रालयले ९ जना प्रमुख प्रशासकीय अधिकृतलाई थप पालिका र जिल्ला समन्वय समिति हेर्ने गरी थप जिम्मेवारी तोकेको छ । जसमा एउटै प्रमुख प्रशासकीय अधिकृतलाई दुई वटा पालिकाको जिम्मेवारी दिइएको हो ।
यसरी दुई पालिकाको जिम्मेवारी पाउनेमा बैतडीस्थित सुर्नया गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थी रहेका छन् । उनलाई सुर्नयासँगै बैतडीकै डिलासैनी गाउँपालिकाको पनि जिम्मेवारी दिइएको छ ।
नौडाडा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्कर सिंह धामीलाई शैल्यशिखर नगरपालिका दार्चुला, जिल्ला समन्वय समिति सिराहाका प्रमुख प्रशासकीय अधिकृत द्रोपती कुमारी यादवलाई अर्नमा गाउँपालिकाको जिम्मेवारी तोकिएको छ ।
उता, दैलेखको भगवतीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बखत बहादुर खड्कालाई आठबीस नगरपालिका, अछामस्थित मेल्लेख गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटालाई पञ्चदेवल विनायक नगरपालिका, कैलालीस्थित गौरीगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीलाई कैलालीकै जिल्ला समन्वय समितिको पनि जिम्मेवारी दिइएको छ ।
त्यसैगरी, ताप्लेजुङको फुङलिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयनारायण खनाललाई जिल्ला समन्वय समिति, झापाको भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलालाई जिल्ला समन्वय समितिको पनि जिम्मेवारी दिइएको छ ।
