Sidha Patra मंगलबार, कार्तिक १४, २०८०

कम परिमाणमा डिजेल बिक्री गरेर नापतौलमा ठगी गरेको भन्दै काठमाडौंको स्वयम्भूमा सशस्त्र प्रहरीले सञ्चालन गरेको पेट्रोल पम्पलाई जरीवाना तिराइएको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभाग काठमाडौं कार्यालयले स्वयम्भूस्थित हलचोक फ्यूल सेन्टरलाई एक लाख रुपैयाँ जरिवानाको निर्णय गरेको हो ।

प्रधानमन्त्री कार्यालयको विशेष सक्रियतामा १ कात्तिकमा भएको छड्के अनुगमन क्रममा उक्त पम्पको एउटा नोजलबाट बिक्री हुने डिजेल तोकिएको परिमाणभन्दा कम मात्रामा बिक्री वितरण हुने गरेको भेटिएको हो ।

१२ कात्तिकमा पम्पको विस्तृत अनुसन्धान सकेर एक लाख रुपैयाँ जरिवानाको निर्णय भएको गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंका अधिकृत निराजन पुडासैनीले बताए ।

उक्त पम्पले प्रतिलिटर डिजेल बिक्री गर्दा २५ एमएलसम्म कम मात्रामा डिजेल दिने गरेको पाइएको थियो ।

पम्पबारे गुणस्तर कार्यालयबाट प्राविधिकसहितको जाँचपछि जरिवाना गराएर सिल खोलिएको गुणस्तर कार्यालयले जनाएको छ ।

‘तेल चोरी गर्ने उद्देश्यले तेल वितरणका लागि राखेको मेसिनमा कुनै प्रकारको हेरफेर गरेको नदेखिएको र मेसिनकै समस्याका कारण तेल कम मात्रामा आएको देखियो,’ पुडासैनीले भने, ‘मेसिन सफा गरेर गरिएको परीक्षणमा यकिन परिमाणमै तेल वितरण सुरु भएपछि जरिवाना गरेर सिल खुला गर्ने निर्णय भएको छ ।’

प्राविधिक जाँचका क्रममा उक्त पम्पबाट तेल चोर्नकै लागि भनेर प्रणालीमा हानी पुर्‍याएको नदेखिएको कार्यालयको दाबी छ । सरसफाइ गरेपछि धेरै पटक गरेको परीक्षणमा यकिन परिमाण डिजेल दिन थालेको पनि कार्यालयले जनाएको छ ।

३० असोजदेखि प्रधानमन्त्री कार्यालयकै सक्रियातामा भएको अनुगमनमा काठमाडौंका थप ४ वटा पम्पले पनि कम परिमाणमा डिजेल तथा पेट्रोल बिक्री गरेको पाइएको थियो । ती पम्पहरुबारे भने अध्यनयन भइरहेको कार्यालयले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]