
sbs
pku
Djs
Pbu
cjs
Srbpu
Unsku
Gfs
Ggp
Lnp
Sgr
Rgp
Pes
Rgp1

Sls
Asm
Bbu
Rgu
Hal
Ksm
Vor
nsb
Pvg
Gst
Ggd
Wsp
Tsm
Bbbpu
Rsb
Sbs
Rgs
Ssm
Rgu

Ptm
Jmb
sab
Rmb
Syp
Jmb
bbt
Gsb
Bml
Pls
Abd
Rpp
Mks
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनबाट स्वदेश फर्किएका छन् । उनी चीनको बेइजिङबाट छेन्दु हुँदै बुधबार (आज) बिहान काठमाडौं आइपुगेका हुन् ।
बीआरआई सम्बन्धी कार्यक्रममा सहभागी हुन चीनको राजधानी बेइजिङ गएको बेला उनलाई हृदयाघात भएको थियो । हृदयाघातपछि अस्पताल भर्ना भएका श्रेष्ठ कात्तिक ६ गते डिस्चार्ज भएका थिए ।
बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा अस्पतालमा पाँचदिने उपचार पश्चात स्वास्थ्य लाभ गरी श्रेष्ठ स्वदेश फर्किएको उनको सचिवालयले जनाएको छ । १७ र १८ अक्टोबरमा बेइजिङमा आयोजित तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)को समापनलगत्तै हृदयाघात भएपछि आकस्मिक शल्यक्रिया गरिएको थियो।
त्यस्तै मन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य बने पनि चिकित्सकले अझै केही दिन विश्राम लिन सुझाएको उनको सचिवालयले जनाएको छ । मन्त्री श्रेष्ठ कात्तिक ३ गते नै स्वदेश फर्किने तालिका रहे पनि बिरामी भएकाले कात्तिक ८ गते मात्रै स्वदेश फर्किएका हुन् ।
