
sbs
Pbu
Pes
Gfs
cjs
Sgr
pku
Ggp
Unsku
Rgp
Djs
Rgp1
Srbpu
Lnp

Pvg
Ksm
Wsp
Rgu
Rgu
Sls
Sbs
Rsb
Bbbpu
Rgs
Tsm
Bbu
Ssm
Hal
Asm
Gst
Ggd
Vor
nsb

Jmb
Jmb
sab
Rmb
Ptm
Gsb
bbt
Pls
Bml
Mks
Syp
Rpp
Abd
दाङ । देउखुरीको गढवा गाउँपालिकालाई मंगलबार एक कार्यक्रमकाबिच पूर्णखोप सुनिश्चित गाउँपालीका घोषणा गरिएको छ ।
गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलको अध्यक्षता र दाङ जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यमा आयोजित एक समारोहका बिच गढवा गाउँपालिकालाई पुर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गर्दै पालिकालाई प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी शर्माले खोप कार्यक्रम निरन्तर चलिरहने र निर्धारित उमेर समूहका सबै वालवालीकाहरुले खोप अनिवार्य लगाउनु पर्ने नेपाल सरकारको लक्ष्य अनुसार जिल्लाका सबै स्थानीय तहहरुलाई पुर्णखोप सुनिश्चित घोषणा र प्रमाणिकरण गर्ने कार्य अभियानकै रुपमा अगाडी बढिरहेको बताउनुभयो ।
खोप कार्यक्रम आधारभूत स्वास्थ्यसेवा अन्तर्गतको मौलिकम अधिकारको महलमा पर्ने भएकोले स्थानीय सरकारले समुदाय स्तरमा थप सचेतना फैलाउनुपर्ने र यसलाई हरेक बर्ष निरन्तरता दिनुपर्ने शर्माले बताउनुभयो ।
गढवा गाउँपालिकाले स्वास्थ्य र शिक्षाको क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै पालिकाका सबै स्वास्थ्यकर्मि, महिला स्वास्थ्य स्वयंसेविका,स्वास्थ्य संस्था सञ्चालन तथा ब्यवस्थापन समिति र जनप्रतिनिधीहरु सबैको अथक मेहनतले पालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गर्न सफल भएको गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलले बताउनु भयो ।
अध्यक्ष शर्माले अभियान सफल पार्न खटिने सबैमा धन्यवाद समेत ब्यक्त गर्नुभयो । खोप कार्यक्रम स्वास्थ्य सेक्टरको सबैभन्दा सफल कार्यक्रम भएको बताउँदै आगामी बर्षहरुमा सुच्छ्म ढंगले कुनैपनि वालवालीका नछुट्ने गरी अभीयानलाई निरन्तरता दिनुपर्ने उहाँले बताउनुभयो । गत बैशाख २९ का दिन जिल्ला स्वास्थ्य कार्यालय,छिमेकी नगरपालिकाका कर्मचारी,पत्रकार र युनिसेफ लगायतको संयुक्त टिमले गढवा गाउँपालिकाका आठवटै वडाहरुमा रहेका स्वास्थ्य संस्थाहरुले खोप कार्यक्रममा खेलेको भूमिका एवं तथ्यांक बेसको अनुगमन तथा सुपरिवेक्षण गरेको र जिल्ला खोप समन्वय समितिले प्रमाणिकरण गरेपछि गढवालाई पुर्णखोप सुनिश्चित गाउँपालिका घोषणाको कार्यक्रम स्विकृत गरिएको स्वास्थ्य संयोजक कैलाश चौधरीले जानकारी दिनुभयो ।
गढवा गाउँपालिकामा जन्मेदेखि १५ महिना सम्मका वालवालीकाहरुको संख्या ५७७ र १६ महिना देखि ५९ महिना सम्मका वालवालिकाहरुको तथ्यांक १ हजार ४ सय ६३ रहेको र खोप अभियानमा ३ जना मात्र रोजगारको शिलशिलामा अभिभावकहरु वालवच्चा लगेर ईट्टा भट्टामा काम गर्न जाने प्रचलन भएकोले खोप लगाउनबाट ड्रपआउट भएको कार्यक्रममा जानकारी गराईएको थियो । सो अवसरमा स्वास्थ्य कार्यालय दाङका खोप अधिकृत किशोर आचार्यले पुर्णखोप गाउँपालिका घोषणा हुन पार गरेका खोप अभियानका बिभिन्न चरणहरुबारे बिस्तृत जानकारी गराउनु भएको थियो । कार्यक्रममा जिल्ला खोप समन्वय समितिका सदस्य जुन कुमारी बुढा,गढवा गाउापालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत आषिस चौधरी लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा खोप अभियानलाई सफल पार्न महत्वपुर्ण भूमिका खेल्नुहुने गढवाका आठवटै वडाका स्वास्थ्यकर्मिहरु सुनीता चौधरी,मनकुमारी यादव, मानबहादुर महतरा, देवा अधिकारी, बिन्दु कुमारी यादव, डिल्लीराज रेग्मी,बुद्धिमति पौडेल र पार्वति चौधरीलाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरिएको थियो । सुर्यनारायण यादवको स्वागत मन्तब्यबाट सुरु भएको घोषणा कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले गर्नुभएको थियो । 

