
Ksbus
Msbus
Rgp
Ksbus
Asbus
Ggp
Sdc
Lnp
Ggp

दाङ । गत हप्ताको बुधबार बिहान भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले बितण्डा मच्चाएपछि यतिबेला त्यहाँका नागरिक ठूलो संकटमा छन् ।
सर्वस्व गुमाएर ओत लाग्ने ठाउँ समेत नपाई छटपटाइरहेका ती बाढीपीडितहरुको घाउमा मलम लगाउन दाङको ज्ञानज्योति फाउन्डेसनले आत्मीयताको हात अघि बढाएको छ । फाउन्डेसनले पीडितहरुको तत्काल राहत र पुनःस्थापनाका लागि १५ लाख १५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।
बाढीले भोटेकोशी क्षेत्रमा ठूलो धनजनको क्षति पुर्याएपछि फाउन्डेसनले संस्थागत रुपमा यो ठूलो रकम सहयोग गर्ने निर्णय गरेको हो । दुःखको यो घडीमा पीडितहरुले एक्लो महसुस नगरुन् र उनीहरुलाई तत्कालै गाँस र बासको प्रबन्ध मिलाउन सजिलो होस् भन्ने उद्देश्यले रकम उपलब्ध गराइएको संस्थाले जनाएको छ ।
पीडितको आँसु पुछ्ने सीईओ जिसीको त्यो भनाइ
संकटको यो चुनौतीपूर्ण समयमा नागरिकको जीवन बचाउनु र उनीहरुलाई ओत लाग्ने ठाउँ दिनु सबैको मानवीय दायित्व भएको फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र जिसी बताउँछन् । सहयोगबारे बोल्दै सीईओ जिसीले भने—”प्राकृतिक विपत्ति कसैलाई सोधेर आउँदैन । आज हाम्रा भोटेकोशीका दाजुभाइ,दिदीबहिनीहरु जुन गहिरो संकट र पीडामा हुनुहुन्छ,त्यसले हामी सबैको मुटु पोलेको छ । यस्तो बेला ओभानो ठाउँमा बसेर रमिता हेर्नु मानवता होइन । हामीले पठाएको यो सहयोग केवल एउटा रकम मात्र होइन, दुःखमा परेका हाम्रा नागरिकलाई ‘तपाईंहरु एक्लो हुनुहुन्न, हामी साथमा छौँ’ भनेर दिइएको एउटा बलियो भावनात्मक ढाडस हो । हाम्रो सानो प्रयासले उहाँहरूको आँसु पुछ्न र भत्किएका सपनाहरुलाई फेरि थोरै भएपनि जोड्न मद्दत मिलोस् भन्ने नै हाम्रो एकमात्र चाहना हो ।”
विपत्तिमा सधैँ देशको सारथी
ज्ञानज्योति फाउन्डेसन केवल आजको संकटमा मात्र होइन, देशलाई दुःख पर्दा सधैँ अग्रपंक्तिमा उभिने एउटा भरपर्दो खम्बा बन्दै आएको छ । यसअघि देशलाई स्तब्ध बनाएको विनाशकारी भूकम्पका बेला होस् या तराई तथा पहाडी क्षेत्रमा आएका विभिन्न भीषण बाढी र पहिरोका क्रन्दनहरुमा, फाउन्डेसनले सधैँ द्रुत टोली परिचालन गरी तत्काल राहत र पुनर्स्थापनाका कार्यहरु गर्दै आएको छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा परोपकारी कार्य गर्दै आएको यस संस्थाले दैवी प्रकोपको समयमा आफैँ अग्रसर भएर समाजप्रतिको उत्तरदायित्व निभाउँदै आएको इतिहास छ ।
त्यस्तै,बाढीले बगाएका बस्तीहरु र भत्किएका मनहरुलाई फेरि उठाउन ज्ञानज्योति फाउन्डेसनको यो सहयोग एउटा बलियो प्रेरणा बन्ने विश्वास गरिएको छ । अहिले भोटेकोशी क्षेत्रका पीडितहरुलाई बचाउन देश-विदेशका विभिन्न क्षेत्रबाट यसरी नै सहानुभूति र सहयोग जुट्ने क्रम जारी रहेको छ ।
