तुलबहादुर कवँर मगर बुधबार, भाद्र १७, २०८३

दाङ । लुम्बिनी प्रदेशमै पहिलोपटक राप्ती गाउँपालिकामा मातृ तथा बाल स्वास्थ्य पुस्तिका प्रयोग सुरु गरिएको छ ।

पुस्तिकाको प्रभावकारी कार्यान्वयनका लागि पैरवी तथा शुभारम्भ कार्यक्रम मंगलबार राप्ती गाउँपालिकामा सम्पन्न भएको हो । जाइका नेपालको सहयोगमा सञ्चालित नेपाल मातृ तथा बाल स्वास्थ्य पुस्तिका परियोजनाअन्तर्गत कार्यक्रम आयोजना गरिएको हो ।

गर्भावस्थादेखि सुत्केरी तथा नवजात शिशुको स्वास्थ्यसम्बन्धी विवरण व्यवस्थित रूपमा अभिलेख राख्ने र आवश्यक स्वास्थ्य सेवा समयमै उपलब्ध गराउने उद्देश्यले पुस्तिका प्रयोगमा ल्याइएको हो ।

कार्यक्रममा राप्ती गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीले मातृ तथा बाल स्वास्थ्यलाई प्राथमिकतामा राख्दै स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधार गर्नुपर्ने बताइन् । पुस्तिकाको प्रभावकारी प्रयोगले गर्भवती महिला तथा बालबालिकाको स्वास्थ्य अवस्थाको नियमित अभिलेख राख्न र आवश्यक सेवा समयमै उपलब्ध गराउन सहयोग पुग्ने उनले बताइन् ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख रोशनलाल चौधरीले मातृ तथा बाल स्वास्थ्य सेवामा निरन्तरता र समन्वय आवश्यक रहेको बताए । पुस्तिकालाई स्वास्थ्य संस्था र समुदायबीचको प्रभावकारी माध्यमका रूपमा प्रयोग गर्नुपर्नेमा उनले जोड दिए ।

मातृ तथा बाल स्वास्थ्य विज्ञ मिनराज ज्ञवाली, स्वास्थ्य प्रशासक डा.अच्युत न्यौपाने,वरिष्ठ अस्पताल नर्सिङ प्रशासक ईश्वरी केसी र राप्ती आधारभूत अस्पतालका एमडीजीपी डा.सुशील केसीले पुस्तिकाको प्रभावकारी प्रयोगले गर्भवती,सुत्केरी तथा नवजात शिशुको स्वास्थ्य विवरण व्यवस्थित राख्न,आवश्यक उपचार तथा परामर्श दिन र स्वास्थ्य सेवाको निरन्तरता कायम गर्न सहयोग पुग्ने बताए ।

पुस्तिकाको प्रभावकारी कार्यान्वयनका लागि स्वास्थ्यकर्मी, जनप्रतिनिधि र समुदायबीच समन्वय तथा सक्रिय सहभागिता आवश्यक रहेको उनिहरुको भनाइ थियो ।

कार्यक्रममा मातृ तथा बाल स्वास्थ्य पुस्तिकाको प्रयोग, महत्व, स्वास्थ्यसम्बन्धी विवरण अभिलेख गर्ने तरिका तथा सेवा निरन्तरता सुनिश्चित गर्ने प्रक्रियाबारे जानकारी गराइएको थियो ।

कार्यक्रममा जनप्रतिनिधि, गाउँपालिकाका शाखा प्रमुख, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा लक्षित व्यक्तिहरुको सहभागिता थियो । कार्यक्रमको सहजीकरण राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]