
Rgp
Lnp
Ksbus
Ggp
Ggp
Asbus
Sdc
Msbus
Ksbus

काठमाडौँ । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि जापान सरकारले नेपाललाई आपत्कालीन राहत सामग्री उपलब्ध गराउने भएको छ।
काठमाडौंस्थित जापानी दूतावासले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाललाई राहत सामग्री उपलब्ध गराउन लागेको जानकारी दिएको हो।
राहत सामग्री हस्तान्तरण कार्यक्रम बुधबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित ह्युमानिटेरियन स्टेजिङ एरियामा आयोजना हुँदैछ। कार्यक्रममा नेपालका लागि जापानी राजदूत माएदा तोरुले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई आपत्कालीन राहत सामग्री हस्तान्तरण गर्नेछन्।
दूतावासका अनुसार जापानले उपलब्ध गराउने राहत सामग्रीमा ३ सय थान ठूला पाल, १ हजार ८ सय थान स्लिपिङ प्याड र १ हजार ८ सय १० थान ब्ल्याङ्केट छन्। त्यस्तै, ३० थान प्लास्टिक सिट र ३ सय थान बोक्न मिल्ने जेरी क्यान (पानी राख्ने भाँडो) पनि राहत सामग्रीमा समावेश छन्।
जापानले विपद्को यस घडीमा नेपाललाई निरन्तर सहयोग र समर्थन गर्ने प्रतिबद्धता जनाएको छ। रातोपाटी
