
Sgr
Unsku
Rgp
Ggp
Rgp1
sbs
Pes
Djs
pku
Pbu
cjs
Srbpu
Gfs
Lnp

Vor
Sls
Tsm
Ggd
Rgu
Sbs
Rgs
Ksm
Pvg
Gst
Bbu
Hal
Bbbpu
Ssm
Asm
nsb
Rgu
Wsp
Rsb

Gsb
Mks
Jmb
Syp
Rpp
Ptm
Jmb
sab
bbt
Pls
Abd
Rmb
Bml
दाङ । लमही आँखा अस्पतालमा आँखाको शल्यक्रियाका लागि आधुनिक अपरेटिंग माइक्रोस्कोप मेसिन खरिद गरिएको छ ।
लमही आँखा अस्पताल र लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको लागत साझेदारीमा अपरेटिंग माइक्रोस्कोप खरिद भएको सामाजिक परिक्षण कार्यक्रमको आयोजना गरि जानकारी गराइएको हो । खरिद तथा गुणस्तर निर्धारण समितिका संयोजक रेशम बहादुर खड्काको अध्यक्षता तथा लमही नगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक लक्ष्मी योगीको प्रमुख आतिथ्यता तथा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा चौधरीको विशिष्ट उपस्थितिमा भएको कार्यक्रममा अपरेटिंग माइक्रोस्कोप मेसिनमा भिडियो रेकडिङ र क्यामेरा समेत रहेको बताएका छ ।
कार्यक्रममा नेत्रविशेषज्ञ डाक्टर सुदिपलाल राजभण्डारीले अपरेटिंग माइक्रोस्कोपको काम र यसबाट विरामीले पाउने सेवाको विषयमा जानकारी गराएका थिए । साथै यो मेसिन आएसंगै अब आँखाको शल्यक्रियाका लागि सहज हुने नेत्रविशेषज्ञ डाक्टर सुदिपलाल राजभण्डारीले जानकारी दिए । यो आधुनिक मेसिनबाट दुई जना चिकित्सकहरुले शल्यक्रिया गर्न सक्ने र बिरामीका आफन्तहरुले समेत भिडियो हेर्न सक्ने बताए ।
त्यस्तै विद्यार्थीहरुलाई पनि यो टिचिङका लागि काम लाग्ने बताएको छ । ‘यो अत्याधुनिक मेसिन आएसंगै आँखाको शल्यक्रिया गदै गर्दा बिरामीका आफन्तले समेत टिभिमा हेर्न सक्छन् त्यससंग संगै यसको रेकडिङ सिस्टम समेत हुनछ – प्रमुख प्रशासक सम्शेर थापाले भने । अब बिरामीका आफन्तहरुले पनि आँखाको शल्यक्रिया गर्दा प्रत्यक्ष हेर्न पाउने भएका छन् । कार्यक्रममा लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय र लमही आँखा अस्पतालको साझेदारीबाट मेसिन खरिदको प्रकया र बजेटको विषयमा प्रमुख प्रशासक सम्शेर थापाले सहभागीहरुलाई जानकारी गराएका थिए ।
स्वास्थ्य मन्त्रालयको २४ लाख र अस्पतालको ३६ लाख लागत साझेदारीमा अपरेटिंग माइक्रोस्कोप खरिदका लागि सम्झौता भएको र टेण्डर प्रकृया अन्तर्गत प्रतिसपर्दा गराउदा रु ५९ लाख १ हजार ९९० रुपैयाँमा मेसिन खरिद भएको बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लमही उपमहानगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले लमही आँखा अस्पतालमा आधुनिक अपरेटिंग माइक्रोस्कोप मेसिन आएसंगै अब यहाँका बिरामीहरुले थप गुणस्तरीय सेवा पाउने बताइन् ।
यस्तै उनले संस्थाले सधै पादर्शिता र सबै प्रकृया अपनाएर मेसिन औजार खरिद गर्ने गरेको बताइन् । ‘तपाईहरुको सबै सिष्टम देख्दा निकै खुसी लाग्छ गुणस्तरी आँखा स्वास्थ्य सेवा समेत दिदै आउनु भएको छ –उनले भनिन् । त्यस्तै गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा चौधरीले लमही आँखा अस्पताललाई प्रदेशकै उत्कृष्ट अस्पताल बनाउन सबैले सहयोग गर्नु पर्ने बताइन् । उनले गुणस्तरी र सर्वसुल्भ सेवा यहाँका जनताले पाएको भन्दै अव मेसिन खरिद संगै सहज र आधुनिक सेवा पाउने अपेक्षा गरिन ।
कार्यक्रममा नेपाल नेत्रज्योति संघका प्रदेश कोषाध्यक्ष लिला शाह,नेपाल नेत्रज्योति संघ दाङका सदस्य श्याम प्रकाश आचार्य,घनश्याम सुवेदी, पत्रकार महासंघ दाङका सहसचिव दशरथ घिमीरे पत्रकारहरु प्रियास्मृति गजमेर, शिवराज खनाल, मेगमान बुढा लगायतको सहभागीता रहेको थियो । नेपाल नेत्रज्योति संघ,राप्ती अस्पताल र लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको लागत साझेदारीमा अपरेटिंग माइक्रोस्कोप उइथ क्यामेरा एण्ड भिडियो रेकडिङ खरिद भएको सामाजिक परिक्षण कार्यक्रममा अस्पतालका प्रमुखप्रशासक सम्शेर थापाले खरिद प्रकृयालाई अनुमोदन गरिएको थियो ।

