
Gfs
sbs
Pbu
Rgp
Djs
Pes
Srbpu
cjs
Sgr
Rgp1
pku
Ggp
Lnp
Unsku

Gst
Bbbpu
Asm
Tsm
Rsb
Pvg
Hal
Sls
Wsp
Ggd
Ssm
Rgu
Vor
Sbs
Bbu
Ksm
Rgs
Rgu
nsb

Ptm
Jmb
Mks
Gsb
Rpp
Bml
Syp
sab
Rmb
bbt
Abd
Pls
Jmb
दाङ । राप्ती गाउँपालिका वडा नम्बर ९ खुङ्कुट्टी निवासी ७५ वर्षीया लिला देवी बैमा मगर उच्च रक्तचाप,मधुमेह लगायतका विभिन्न दीर्घराेगबाट पीडित भएको धेरै वर्ष भयो ।
उहाँ यस अघि सामान्य चेकजाँच गर्न साेही वडाकै देविकाेटमा रहेको स्वास्थ्य इकाईमा जाने गर्नुहुन्थ्यो भने उहाँलाई थप चेकजाँच र उपचारका लागि घण्टाै पैदल हिडेर देउखुरीका विभिन्न सरकारी तथा प्राइभेट अस्पतालहरुमा जानू पर्ने बाध्यता रहेको थियो ।
तर शनिबार राप्ती गाउँपालिकाले गाउँमै सञ्चालन गरेको विशेषज्ञ डाक्टर सहितको नि:शुल्क स्वास्थ्य शिविरबाट स्वास्थ्य चेकजाँच गराउन पाउदा भने निकै खुशी हुनु भएको छ। “अरु बेला रगत लगायतका अन्य परिक्षण गर्न घण्टाै पैदल हिडेर देउखुरीका विभिन्न सरकारी तथा प्राइभेट अस्पतालहरुमा जानू पर्ने बाध्यता थियोे । पैसा पनि धेरै खर्च हुन्थ्यो” -उहाँले भन्नुभयो – “आज आफ्नै गाउँमा विशेषज्ञ डाक्टर सहितको नि:शुल्क स्वास्थ्य शिविरबाट स्वास्थ्य सेवा लिन पाउँदा निकै खुशी लागेको छ।”
उहाँ मात्रै हाेइन पालिकाले विकट गाउँका स्थानीयहरुलाई लक्ष्यित गरि वडा नम्बर ९ काे देवीकाेटमा नि:शुल्क विशेषज्ञ सहित स्वास्थ शिविर सञ्चालन गरेपछि उहाँ जस्तै साे क्षेत्रका दर्जनौं बिरामीहरूले घर आगनमै स्वास्थ्य सेवा लिन पाउएका छन् ।
विकट गाउँहरुमा स्वास्थ्य शिक्षाको कमी ,आर्थिक स्थिति नाजुक सँगै नजिकमा सुविधा सम्पन्न स्वास्थ्य संस्था नहुँदा कतिपय बिरामीहरुले राेग पालेर बसिरहनु भएको हुन्छ । त्यस्ता बिरामीहरुलाई गाउँमै नि:शुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले शिविरको आयोजना गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनु भयो ।त्यस्तै अध्यक्ष विष्टले आगामी दिनहरुमा क्रमश सबै वडाहरुमा यस प्रकारको नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने समेत जानकारी दिनु भयो ।
साे स्वास्थ्य शिविरमा राप्ती विज्ञान प्रतिष्ठान घाेराही दाङका विशेषज्ञ डाक्टर उमाकान्त तिवारी, सिसहनियाँ स्वास्थ्य चाैकीका ल्याब असिस्टेन्ट लब जैशी,हेल्थ असिस्टेन्ट चन्द्रमा ओली,रुपाकाेट स्वास्थ्य इकाईका प्रमुख यज्ञ बहादुर कार्की लगायतले बिरामीहरूलाई नि:शुल्क रुपपमा स्वास्थ्य सेवा प्रदान गर्नु भएको थियोे।
शिविरमा साे क्षेत्रका करिब ३३ जना विरामीहरुले स्वास्थ्य सेवा लिएका थिए भने उनीहरूलाई स्वास्थ्य परामर्श समेत प्रदान गरिएको थियो । साे अवसरमा राप्ती गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रिम बहादुर सुनारी मगर,स्वास्थ्य शाखा प्रमुख नारायण रावत,माध्यमिक विद्यालय रुपाकाेटका सहायक प्रधानाध्यापक खिम बहादुर ओली लगायतको सहभागीता रहेको थियो ।
