टेकबहादुर पुन/जिल्ला ब्युरो शनिबार, जेठ १३, २०८०

दाङ । देउखुरीको लमही नगरपालिकाले पशुहरुको लागि नि:शुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेको छ ।

पालिका अन्तरगतका प्रत्यक वडामा पशुहरुको बाँझोपन उपचार तथा स्वास्थ्य चेकजाँचका लागि शुक्रबारबाट शिबिर नै सञ्चालन गरिएको लमही नगरप्रमुख जोगराज चौधरीले बताउनु भयो । उहाँले क्रमश प्रत्यक वडाहरुमा शिबिर चलाईने जानकारी दिनु भयो । पशु पालक कृषकहरुको सहजताका लागि शिबिर सञ्चालन गरिएको मेयर चौधरीको भनाई रहेको छ ।शुक्रबार वडा नम्बर २ बाट शिबिरको शुरुवात गरिएको छ । गाउँघरमै पशुहरुको स्वास्थ्य चेकजाँच गर्न पाउँदा स्थानीय सरकारको आभाष भएको लमही नगरपालिका वडा नम्बर २ केरुनिया निवासी रामबहादुर चौधरीले बताउनु भयो । पहिले पशु बिरामी हुँदा लमही जानुपर्ने बाध्यता थियो । खर्च बढ्थ्यो । पशुलाई बजारसम्म लग्न नै सकस हुन्थ्यो । अहिले गाउँघरमै चेकजाँच गर्न पाईएको छ । अत्यन्त खुसी लागेको छ उहाँले भन्नु भयो ।

त्यस्तै चेकजाँच मात्र नभएर पशुमा हुने बाँझोपनले कृषकहरुको आम्दानीको श्रोत ह्रास हुने गर्थ्यो । अब बाँझोपनको उपचारसँगै उत्पादनमा बृद्धी हुने कृषकहरुमा आशा पलाएको छ । टाढाबाट आफ्नै खर्चमा उपचारका लागि लमही पुग्नुपर्ने बाध्यता हटेको छ । नि:शुल्क शिबिरले कृषकहरुको खर्चपनि जोगिएको छ ।चेकजाँचका क्रममा देखिएका रोग अनुसार भ्याक्सिन तथा औषधी पनि नि:शुल्क बितरण गरिरहेको लमही नगरपालिका पशुशाखा प्रमुख शिबराज न्यौपानेले बताउनु भयो । ‘बिज्ञ पशु स्वास्थ्यकर्मि सहित हामी फिल्डमा छौ, औषधीपनि नि:शुल्क ब्यबस्था गरेका छौँ न्यौपानेले भन्नु भयो । समस्यामा रहेका कृषकहरुमा ठूलो राहात पुग्ने अपेक्षा गरिएको छ ।’

उहाँले क्रमबद्ध प्रत्यक वडामा शिबिर सञ्चालन गरिने जानकारी दिनु भएको छ । १४ गते वडा नम्बर ३, १६ गते वडा नम्बर ४, १७ गते वडा नम्बर ७, १८ गते वडा नम्बर ८, १९ गते वडा नम्बर ९, २० र २१ गते वडा नम्बर १ मा पशु स्वास्थ्य शिबिर सञ्चालन गरिने जानकारी दिनु भयो । नि:शुल्क शिबिरमा आफ्नो पशुको स्वास्थ्य चेकजाँच गर्न उहाँले सबैमा आग्रह गर्नु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]