
Ggp
Rgp1
Srbpu
pku
Sgr
sbs
cjs
Unsku
Lnp
Pes
Rgp
Gfs
Djs
Pbu

Bbu
Asm
Sbs
Vor
Bbbpu
Rsb
Pvg
Ggd
Gst
Hal
Tsm
Ksm
Sls
Wsp
nsb
Ssm
Rgu
Rgs
Rgu

Mks
sab
Syp
Abd
Rmb
Pls
Jmb
Rpp
Gsb
bbt
Bml
Jmb
Ptm
दाङ । देउखुरीको लमही नगरपालिकाले पशुहरुको लागि नि:शुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेको छ ।
पालिका अन्तरगतका प्रत्यक वडामा पशुहरुको बाँझोपन उपचार तथा स्वास्थ्य चेकजाँचका लागि शुक्रबारबाट शिबिर नै सञ्चालन गरिएको लमही नगरप्रमुख जोगराज चौधरीले बताउनु भयो । उहाँले क्रमश प्रत्यक वडाहरुमा शिबिर चलाईने जानकारी दिनु भयो । पशु पालक कृषकहरुको सहजताका लागि शिबिर सञ्चालन गरिएको मेयर चौधरीको भनाई रहेको छ ।
शुक्रबार वडा नम्बर २ बाट शिबिरको शुरुवात गरिएको छ । गाउँघरमै पशुहरुको स्वास्थ्य चेकजाँच गर्न पाउँदा स्थानीय सरकारको आभाष भएको लमही नगरपालिका वडा नम्बर २ केरुनिया निवासी रामबहादुर चौधरीले बताउनु भयो । पहिले पशु बिरामी हुँदा लमही जानुपर्ने बाध्यता थियो । खर्च बढ्थ्यो । पशुलाई बजारसम्म लग्न नै सकस हुन्थ्यो । अहिले गाउँघरमै चेकजाँच गर्न पाईएको छ । अत्यन्त खुसी लागेको छ उहाँले भन्नु भयो ।
त्यस्तै चेकजाँच मात्र नभएर पशुमा हुने बाँझोपनले कृषकहरुको आम्दानीको श्रोत ह्रास हुने गर्थ्यो । अब बाँझोपनको उपचारसँगै उत्पादनमा बृद्धी हुने कृषकहरुमा आशा पलाएको छ । टाढाबाट आफ्नै खर्चमा उपचारका लागि लमही पुग्नुपर्ने बाध्यता हटेको छ । नि:शुल्क शिबिरले कृषकहरुको खर्चपनि जोगिएको छ ।
चेकजाँचका क्रममा देखिएका रोग अनुसार भ्याक्सिन तथा औषधी पनि नि:शुल्क बितरण गरिरहेको लमही नगरपालिका पशुशाखा प्रमुख शिबराज न्यौपानेले बताउनु भयो । ‘बिज्ञ पशु स्वास्थ्यकर्मि सहित हामी फिल्डमा छौ, औषधीपनि नि:शुल्क ब्यबस्था गरेका छौँ न्यौपानेले भन्नु भयो । समस्यामा रहेका कृषकहरुमा ठूलो राहात पुग्ने अपेक्षा गरिएको छ ।’
उहाँले क्रमबद्ध प्रत्यक वडामा शिबिर सञ्चालन गरिने जानकारी दिनु भएको छ । १४ गते वडा नम्बर ३, १६ गते वडा नम्बर ४, १७ गते वडा नम्बर ७, १८ गते वडा नम्बर ८, १९ गते वडा नम्बर ९, २० र २१ गते वडा नम्बर १ मा पशु स्वास्थ्य शिबिर सञ्चालन गरिने जानकारी दिनु भयो । नि:शुल्क शिबिरमा आफ्नो पशुको स्वास्थ्य चेकजाँच गर्न उहाँले सबैमा आग्रह गर्नु भएको छ ।
