
Ggp
Srbpu
Lnp
sbs
Rgp1
Djs
Pbu
Unsku
pku
Sgr
Gfs
Rgp
cjs
Pes

Bbu
Bbbpu
Rgs
Ggd
Asm
Pvg
Rgu
Rsb
Sls
Rgu
nsb
Sbs
Ksm
Wsp
Ssm
Vor
Hal
Gst
Tsm

Rmb
Rpp
sab
Jmb
Ptm
Mks
Gsb
Abd
Syp
Pls
bbt
Jmb
Bml
दाङ । आँखा सेवामा साझेदारी सम्बन्धि स्थानीय सरकारका जनप्रतिनिधिसंग छलफल कार्यक्रम बुधबार लमहीमा सम्पन्न भएको छ ।
नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज लमही आँखा अस्पतालकाे आयाेजना र एनएवीपी नर्वेकाे आर्थिक सहयोगमा हाम्रो कर्तव्य,हाम्रो जिम्मेवारी आँखा स्वास्थ्यमा साझेदारी भन्ने उदेश्यका साथ छलफल कार्यक्रम सम्पन्न भएको हो ।
नेत्रज्योति संघ दाङ शाखाका सदस्य घण्श्याम सुवेदीको स्वागत मन्तव्यबाट संचालन भएको छलफल कार्यक्रममा नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज,राप्ती आँखा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत शम्शेर थापाले नेत्रज्योति संघ दाङद्वारा लमहीमा आँखासँगै कान उपचारको लागि आवश्यक तयारी भइरहेको बताउनु भयो ।
लमही नगरपालिका वडा नम्बर ५ रातोडाँडा स्थित नगर विकास समितिले उपलब्ध गराएको पाँच कठ्ठा जमिनमा भवन निर्माण गरेर कान सम्बन्धी समस्याका बिरामीलाई सेवा दिने प्रयासमा नेत्रज्योति संघ रहेक प्रमुख प्रशासकीय अधिकृत थापाले बताउनु भयो । त्यस्तै उहाँले भवन निर्माणसँगै कान सम्बन्धी विशेषज्ञ सेवा दिन सके देउखुरीसँगै जिल्लाका कानसँग सम्बन्धित बिरामीले सेवा लिन पाउने बताउनु भयो । त्यसका लागि सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको उहाँले बताउनु भयो ।
आँखा उपचारका लागि अहिले काम गरिरहेको भन्दै कानसम्बन्धी उपचारको सेवा दिनसके धेरै जनताले सेवा पाउने बताउनु भयो । जग्गा प्राप्त भएपनि लमहीका नगरका अघिल्लो जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतका कारण अस्पताल निर्माणमा ढिलाइ भएको बताउनु भयो । लमही नगर विकास समितिले उपलब्ध गराएको पाँच कठ्ठा जमिनमा कान उपचारका लागि अस्पताल निर्माण गर्ने कुरा थियो तर प्राविधिक कारण जग्गा आउन नसक्दा समस्या भएको थियो,उहाँले भन्नू भयो । अहिले फेरि अर्को ठाउँमा जग्गा उपलब्ध गराउने कुरा छ ।
उक्त जग्गामा भवन निर्माण गरेर कान सम्बन्धी सेवा दिने तयारीमा छौँ अधिकृत थापाले भन्नु भयो ।’ उहाँले नेपालमा एक लाख ३० हजार व्यक्ति दृष्टिविहीन रहेको जानकारी गराउनु भएको थियो । त्यसमध्ये ३० हजार २ सय ४० जना बच्चाहरू दृष्टिविहीन छन् भने ९० हजार बच्चाहरूमा न्यून दृष्टिविहीनको समस्या रहेको छ । नेपालमा ३० वर्षभन्दा मापथिका एक लाख मानिस जलबिन्दुको समस्या रहेको जानकारी गराउनु भएको थियो । यसैगरी एक लाख व्यक्ति मधुमेहका बिरामी छन् । जसमध्ये २० हजार व्यक्ति मधुमेहका कारण दृष्टिविहीन हुनुपरेको प्रमुख प्रशासकीय अधिकृत थापाले बताउनु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत थापाले लुम्बिनी प्रदेशमा विभिन्न कारणले एक लाख ९५ हजार एक सय २० जना आँखासम्बन्धी समस्या भएका बिरामी रहेको जानकारी गराउनु भएको थियो । उहाँका अनुसार त्यसमा एक लाख १२ हजार ९ सय ६४ जना मोतियाबिन्दुका कारणले अन्धोपन भएका बिरामी रहेका छन् ।
त्यस्तै लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै रूपन्देहीमा २३ हजार ७ सय ५ जना मोतियाबिन्दुका बिरामी छन् । त्यसपछि क्रमशः कपिलवस्तुमा १४ हजार ८ सय ७१, दाङमा १४ हजार ४ सय २७, बाँकेमा १३ हजार ५ सय ४६, बर्दियामा १० हजार ६ सय ४१, नवलपरासीमा ८ हजार ३ सय २२, गुल्मीमा ५ हजार ५ सय ९१, पाल्पामा ५ हजार ४ सय ३५, प्युठानमा ५ हजार ३ सय ५०, रोल्पामा ५ हजार २ सय ४, अर्घाखाँचीमा ४ हजार ४ सय ५८ र रुकुममा एक हजार २ सय ९१ जना मोतियाबिन्दुका बिरामी रहेको उहाँले कार्यक्रममा जानकारी गराउनु भएको थियो ।
उक्त कार्यक्रममा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले स्वास्थ्यका दृष्टिले आँखा उपचार सेवा महत्वपूर्ण भएको भन्दै आँखा उपचारलाई देउखुरीका चारवटै पालिकाले प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो । चारवटै पालिकासँगै नेत्रज्योति संघका बीचमा सहकार्य र समन्वय हुन आवश्यक रहेकोमा शर्माको जोड रहेको थियो । ‘मानवीय स्वास्थ्यका दृष्टिमा आँखा उपचार महत्वपूर्ण सेवा हो’, जिल्ला समन्वय समितिका प्रमुख शर्माले भन्नू भयो, ‘त्यसमा चारवटै पालिकासँगै अस्पतालबीच समन्वय र सहकार्य हुन आवश्यक छ ।’ उहाँले स्थानीय तहहरूले गरिब तथा विपन्न नागरिकलाई देउखुरीमा सहजै आँखा उपचार सेवा दिने गरी लाग्नुपर्ने भन्दै त्यसका लागि आफुले समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
कार्यक्रममा लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले आफ्नो पहिलो प्राथमिकता नै जनताको सेवा भएको भन्दै जनताको सेवाका लागि आफु जहिले पनि सकारात्मक रहेको बताउनु भयो । जनताको सेवाका लागि आपूmले काम गर्दै आएको भन्दै नगर प्रमुख चौधरीले आँखा उपचारसँगै कानसम्बन्धी उपचार गर्ने अस्पताल निर्माणका लागि समेत सहयोग गर्न तयार रहेको बताउनु भयो।
गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले राप्ती आँखा अस्पताललाई प्रदेशकै उत्कृष्ट आँखा अस्पतालको रूपमा विस्तार गर्नुपर्ने बताउनु भयो । बिरामीलाई टाढा जानै नपर्ने गरेर लमही, तुलसीपुर र बहादुरगञ्जबाटै सेवा पाउने गरी सेवा प्रवाह गरिनुपर्ने बताउनु भयो । आँखा अस्पतालले हालसम्म गरेका कामहरू सराहानीय भएको उल्लेख गर्दै यो अस्पतालमाको विकासका लागि प्रदेशका सबै जनप्रतिनिधिले आर्थिक रूपले सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो । जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको आँखा स्वास्थ्य कार्यक्रमलाई प्रभावकारीसँगै जनतालाई सेवा पुर्याउन आफु प्रतिबद्ध रहेको बताउनु भयो । पालिका अध्यक्ष शर्माले आँखा तथा कानसम्बन्धी उपचार सेवालाई सहज र प्रभावकारी बनाउन सहकार्य गर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्ने अन्य वक्ताले आँखा उपचार सेवालाई दीर्घकालीन रूपमा लैजाने गरी सोच्नुपर्ने बताएका थिए । दातृ नियकाको सहयोगले मात्रै नचल्ने भन्दै महत्वपूर्ण स्वास्थ्य सेवा भएकाले दीर्घकालीन रूपमा सफल बनाउन सबैले सोच्नुपर्ने बताए । साथै कार्यक्रममा कोइलावा आँखा अस्पतालको गुरुयोजना,पुनस्थापन कार्यक्रम लगायतका बारेमा जानकारी गराइएको थियो ।
यसैबीच छलफल कार्यक्रममा बोल्ने वक्ताले आँखासँगै कानको उपचार गर्ने सवालमा सबै क्षेत्रको सहयोगसँगै साझेदारी आवश्यक रहेको बताएका थिए । मानवीय सेवाको सबैभन्दा महत्वपूर्ण सेवा भनेकै आँखा उपचार सेवा भएको भन्दै सहभागी वक्ताले आँखा उपचार सेवामा स्थानीय तह,संघ -संस्था लगायतको समन्वय र साझेदारी आवश्यक रहेको बताएका थिए ।
नेपाल नेत्रज्योति संघ दाङका निवर्तमान उपसभापति तथा वर्तमान कार्यसमिति सदस्य रेशमबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगी, लमही नगरपालिका वडा नं. ५ का वडाध्यक्ष ओमप्रकाश सुवेदी, गढवा गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष लेखबहादुर थापा,राप्ती गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सिताराम चौधरी,राजपुर गाउँपालिका वडा नं. २ का ओमप्रकाश यादव लगायतले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण सूचना अधिकारी बालाराम खड्काले गर्नु भएको थियो ।

