
Ggp
Srbpu
Unsku
Rgp
Pbu
Lnp
pku
Rgp1
Sgr

Tsm
Rsb
Bbbpu
Sbs
Asm
Rgu
Ggd
Bbu
Hal
Ksm
nsb
Rgs
Vor
Sls
Ssm
Wsp
Gst
Rgu
Pvg

Rpp
Bml
bbt
Jmb
Ptm
Rmb
Pls
sab
Jmb
Mks
Abd
Gsb
Syp
दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लिला गिरी नियुक्त भएका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एमालेको सहमति अनुसार लुम्बिनी प्रदेशमा ढाई ढाई वर्ष सरकार चलाउने सहमति भएको छ।
बुधवार प्रदेश प्रमुख अमिक शेरचनले एमाले पोलिटब्यूरो सदस्य एवं प्रदेश संसदीय दलका नेता गिरीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्ति गर्नु भएको छ । यसअघि गिरीले बुधबार नै ५८ जना सांसदको समर्थनसहित प्रदेश प्रमुख समक्ष दावी पेश गर्नु भएको थियो । प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा दावी पेश गर्न बुधबार अपरान्ह ४ बजेसम्मको समयसीमा दिएकोमा निर्धारित समयसिमाभित्रै गिरीले विभिन्न दलका सांसदहरुको हस्ताक्षरसहित दावी पेश गर्नु भएको थियो ।
त्यस्तै लुम्बिनी प्रदेशमा ८७ जना प्रदेश सांसद रहेकोमा गिरीले एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा र जनमतका ३/३, नागरिक उन्मुक्तिका ४, लोसपाका ३ र स्वतन्त्रबाट निर्वाचित २ गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको छ । लुम्बिनीमा सरकार गठनका लागि ४४ जनाको सांसदको समर्थन आवश्यक पर्छ । तर गिरीले नेपाली काँग्रेस,राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादी बाहेकका दलको समर्थन पाउनु भएको छ।
