
pku
Djs
Rgp1
Sgr
Pes
cjs
Srbpu
Gfs
Ggp
sbs
Rgp
Pbu
Lnp
Unsku

Bbu
Ggd
Hal
Ksm
Rgs
nsb
Sls
Tsm
Ssm
Sbs
Bbbpu
Asm
Gst
Wsp
Rgu
Pvg
Rsb
Vor
Rgu

Ptm
sab
Syp
bbt
Jmb
Jmb
Gsb
Rmb
Rpp
Mks
Abd
Bml
Pls
प्युठान । प्युठानको झिमरुक गाउँपालिका–६ तोरबाङका एक सय बढी परिवार बर्षौदेखि एउटै कुवाको पानीको भरमा गुजारा गर्दै गर्न बाध्य छन् ।
त्यस्तै तोरबाङ,जनैपोखरा र धनमुढा गाउँका एक सय घरपरिवार बाह्रै महिना ठुलापधेंरा कुवाको पानी पिउँछन् । गाउँको नजिकमा कतै पनि पानीका मूल नभएकाले कुवाको पानी पिउनुपर्ने बाध्यता रहेको स्थानीय लोकबहादुर पुनले बताउनुभयो । पुनले भन्नुभयो, एक गाग्री पानी लिन एक घण्टा लगाएर कुवामा पुग्नुपर्छ अनि घण्टौँ पालो कुरेर पानी भर्नुपर्ने बाध्यता छ।
यस्तै कुवाको पानी गाग्रीमा भरेर घर फर्किँदै स्थानीय । एउटै कुवामा गाउँले निर्भर हुनुपर्ने भएपछि बिहान उज्यालो नहुँदै कुवामा पानी भर्नेको लर्को देखिन्छ । खानेपानीको समस्याले घरायसी कामकाजमा बाधा परेको उहाँको भनाइ छ । चुनावको बेला नेताहरूले पानी ल्याई दिने आस देखाए पनि अहिले फर्केर नआएको स्थानीयको गुनासो छ ।
त्यस्तै पानीको समस्या भएकाले यी बस्तीमा पानीको व्यवस्था गर्न सङ्घीय सरकारबाट परेको ३ करोड रुपियाँ बजेट आएकाले काम सुरु गर्ने तयारीमा रहेको वडाध्यक्ष धनबहादुर पुनले जानकारी दिनुभयो ।
