टोपेन्द्र खनाल/श्रवण कुमार यादव आइतबार, पुष १७, २०७९

दाङ । देउखुरीको राजपुर गाँउपालिका कठबेरुवामा रहेको १ नम्बर वडा कार्यलयमा समाजिक सुरक्षा भत्ता बितरण कार्यमा चरम लापरबाही गरेको भन्दै भत्ता प्राप्तीका लागि आएका सेवाग्राहीहरुद्वारा वडा कार्यालयमा गरिएको तालाबन्दी ३ बुदे लिखित सम्झौता गरेपश्चात् खोलिएको छ।

त्यस्तै जनप्रतिनिधि र बैंककाे ज्यादाती विरुद्धकाे आन्दोलन गर्दै आएका सेवाग्राहीहरुले वडामा तालाबन्दी गरेका हुन् । वडा भित्र वडाका जनप्रतिनिधि,वडा सचिव,वडाका सहयोगीहरू र बैँकका कर्मचारीहरुलाई थुनेका थिए । सामाजिक सुरक्षा भत्ता समयमा दिन आनाकानी गरेको उनीहरुको आरोप छ ।

तिन-तिन महिनाको अवधिमा वितरण हुने भनिएता पनि ६ महिना बितिसक्दा पनि समाजिक सुरक्षा भत्ता नपाएको राजपुर १ कठबेरुवाका जेष्ठ नागरिक टिका केसीले बताइन । उनले हामी टाढा- टाढाबाट आउने जाने दुःख पाएका छौं। हामीलाई विहान १० बजे बोलाएर दिउँसो ३ बजे मात्र बैंकबाट कर्मचारी आएको र भत्ता बितरण कार्यलाई सुचारु गर्न नसकेकोले आफुहरु तालाबन्दी गर्न बाध्य भएको बताए ।

यसैबिच वडा कार्यालयमा लागेको ताला खुलाउने विषयमा वडा अध्यक्ष सुर्यप्रसाद चौधरीको अध्यक्षता बसेको बैठकमा राजपुर गाउँपालिका उपाध्यक्ष धनपतीदेवि यादव,राजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पान्डे,ग्लोवल आईएमइ बैंक प्रमुख प्रदिप गौतम,ईलाका प्रहरी कार्यालय प्रमुख रन्जु के.सी.पत्रकार टोपेन्द्र खनाल लगायत तालाबन्दी पक्षधर प्रतिनिधीको संयुक्तरुपमा बसेको बैठकबाट ३ बुदे लिखित सहमती कायम भएपष्चात ताला खोलिएको हो ।

सहमतीमा हालको भत्ता बितरण कार्य पौष १८ गते बिहान १० बजेदेखी बितरण गर्ने, खाता अपडेट नभएका सेवाग्राहीहरुले खाता अपडेट गर्ने दोस्रो सामाजिक सुरक्षा भत्ता त्रैमासिक सकिएको १५ दिनभित्र बितरण गर्ने भन्ने रहेको छ ।

त्यस्तै यस विषयमा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीसंग बुझ्दा अहिले राजपुर गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्रत्येक वडा कार्यालय र अशक्त,बहुवृद्ध जेष्ठनागरिकलाई गाउँ,घारमै पुगेर भत्ता प्रदान गर्ने उदेश्यका साथ ग्लोबल आइएमई बैंकसंग समन्वय गरि अघि बढ्न लागेको हुँदा ढिलो भएको बताए । पहिलोपटक बैंक परिवर्तन गरि सेवा प्रदान गर्न लागेको हुँदा यसरी समस्या भएको र अबदेखि त्रैमासिक रुपमा सामाजिक सुरक्षा भत्ता दिने समेत अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]