प्रिया स्मृति गजमेर/लमही आइतबार, पुष १७, २०७९

दाङ । लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले निजि विद्यालयसंग सहकार्य गरेर अगाडी बढ्न नगरपालिका तयार रहेको बताउनु भयो ।गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीले आयोजना गरेको ५ औं खेलकुद सप्ताह समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनु भएका उपप्रमुख योगीले दक्ष जनशक्ति उत्पादन गर्नमा निजि विद्यालयहरुको पनि निकै महत्वपुर्ण भूमिका रहेको बताउनु भयो ।विद्यालयले लमहीमा पठनपाठन शुरु गरेदेखि नै राम्रो नतिजा लिन सफल भएको भन्दै आगामी दिनमा पनि राम्रै गर्ने कुरामा आफु बिश्वस्त भएको बताउनु भयो। पढाईका साथ साथै अतिरिक्त क्रियाकलापमा पनि विद्यालयले जोड दिएको प्रति उहाँले खुशी व्यक्त गर्नु भयो ।गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीले हरेक वर्ष खेलकुद सप्ताह कार्यक्रमको आयोजना गर्दै आईरहेको छ । यस पटकको खेलकुद सप्ताह कार्यक्रममा सैतिस वटा खेलहरु समावेश गरिएको विद्यालयका प्रधानाध्यापक लोकमान रिजालले जानकारी दिनु भयो । कार्यक्रममा प्रथम द्वितीय र तृतीय हुने विभिन्न खेलका खेलाडीलाई विजेता खेलाडीलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न नृत्य प्रस्तुत गरिएको थियो ।गोरखा ग्रुप संचालक समितिका अध्यक्ष मान वहदुर बुढाको अध्यक्षता तथा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । विद्यालयका प्रधानाध्यापक लोकमान रिजालको स्वागत मन्तव्य रहेको थियो भने सहजीकरण शिक्षक प्रकाश ओली र शिक्षिका शिला रिजालले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]