
Pes
Unsku
Rgp1
Ggp
pku
Srbpu
Gfs
Sgr
Lnp
Djs
Pbu
cjs
Rgp
sbs

Gst
Ggd
Vor
nsb
Rgu
Hal
Sbs
Ssm
Sls
Rgs
Wsp
Bbu
Pvg
Bbbpu
Rgu
Tsm
Rsb
Ksm
Asm

Syp
bbt
Jmb
Jmb
Pls
sab
Gsb
Rpp
Mks
Rmb
Ptm
Bml
Abd
बाँके। ईलाका प्रहरी कार्यालय जमुनाह र सशस्त्र प्रहरी बल बियोपी जमुनाह नेपालगन्जले नेपाल भारत सिमामा निगरानी बढाएको छ ।
देशको राजनीतिक परिस्थितिका कारण शान्ति सुरक्षामा चुनौती थपिएको भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले जमुना नाकामा कडा चेकजाँच र निगारानी बढाएको हो ।
ईलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी प्रमुख वरिष्ठ सइ मधाब रिजालले चेकजाँचमा कडाई र शान्ति सुरक्षा कायम गर्ने सवालमा प्रहरी अहोरात्र खटिएको बताए । बेला बेलामा तालिम प्राप्त प्रहरीको कुकुरसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले सयुत्त चेकजाँच गर्ने गरेको हातहतियार तथा लागूऔषध नियन्त्रणका लागि प्रहरी अहोरात्र खटिएको रिजालले जानकारी दिए ।
त्यस्तै पछिल्लो समय देशको राजनीतिक अबस्था घटनाले हातहतियारको ओसारपसार हुने सक्ने भन्दै यसलाई निस्तेज पार्न नाकामा तीब्र कडाइ गरिएको छ । नेपाल भारतको बाँके खण्ड ७९ किलोमीटर खुला सिमा रहेकाले त्यसै अनुसार सुरक्षाकर्मी परिचालन गरेर शान्ति सुरक्षा कायम गरिएको र दुई देशबीच खुला सिमाको फाइदा उठाउदै अपराधीहरुले अपराध गर्न सक्ने भएकाले दुबै देशका सुरक्षाकर्मिहरु मिलेर त्यसलाई निरुत्साहित पार्ने काम भैरहेको पनि बताउनुभयो । बाँकेमा खुला सिमानाका कारण लागूऔषधको कारोबार तथा ओसारपसार रोकन प्रहरीलाई चुनौतीपुर्ण रहेको जमुनाह प्रहरीले जानकारी दिएको छ ।

