
Pes
cjs
Rgp1
Djs
Ggp
Rgp
pku
Gfs
Srbpu
Sgr
Pbu
Lnp
Unsku
sbs

Rgu
Gst
Wsp
Ggd
Asm
nsb
Bbu
Pvg
Rgs
Ssm
Sls
Hal
Tsm
Bbbpu
Vor
Ksm
Rsb
Sbs
Rgu

Abd
Jmb
Bml
Gsb
Pls
sab
Mks
Syp
Jmb
Ptm
Rpp
bbt
Rmb
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर -२ पचहिया स्थित डिवेल इङ्गलिस बोर्डिङ स्कुलको १३ औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवन योगिको अध्यक्षता तथा नेसनल प्याब्सन लुम्बिनी प्रदेशका सचिव एवम् फेमिली प्याराडाईज इ. बो. स्कुलका प्रवन्धक निर्देशक टोपेन्द्र खनालको प्रमुख आतिथ्य र गढवा गाउँपालिका निवर्तमान अध्यक्ष सहजराम यादवको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि खनालले सामाज परिवर्तनका लागि निजि संस्थागत विद्यालयले खेलेको सकारात्मक भुमिकालाई तिनै तहका सरकारले राम्रो तरिकाले बुझी संस्थागत र सामुदायिक विद्यालयमा अध्ययनरत सबै बालबालिकाहरुलाई समान दृष्टिकोणले हेर्न आग्रह गर्नु भयो ।
वर्तमान समयमा सस्कारसहितको शिक्षाको आवश्यकता रहेकोमा बालबालिकाहरुलाई सस्कारसहितको शिक्षा प्रदान गर्नुपुर्व विद्यालयका संचालक,शिक्षक,अभिभावक र अन्य सरोकारवाला स्वयंले सस्कार सिक्न जरुरी रहेको बताउनुभयो ।
स्थानीय सरकारले पनि संस्थागत विद्यालय प्रतिनिधिहरु मार्फत सबै विद्यालयलाई समेटेर अघि बढ्नु पर्ने भन्दै विद्यार्थी भर्ना गर्ने समयमा एउटा विद्यालयमा पढिरहेको विद्यार्थीको कुनैपनि प्रमाणपत्र नलिएर अर्को विद्यालयले भर्ना गर्ने परिपाटीको अन्त्य हुनुपर्ने बताउनु भयो ।
शिक्षक पुरनप्रसाद यादवको स्वागत मनतव्यबाट सुरु भएको कार्यक्रममा नेपाल इङ्गलिस बोर्डिङ स्कुलका प्रअ एवम् नेसनल प्याब्सन गढवा गाउँपालिका संयोजक निर्मल रावत,मुना मिलन इ.बो.स्कुलका प्रवन्धक निर्देशक एवम् नेसनल प्याब्सन दाङ जिल्लाका जिल्ला सदस्य लोकराज भुसाल,उक्त विद्यालयका प्रअ एवम् नेसनल प्याब्सन दाङ जिल्ला निवर्तमान सदस्य मुबारक अलि,कोशेली इ.बो.स्कुलका प्रअ अम्मरराज शर्मा,शान्ति सा. ब. उ. समुहका अध्यक्ष देबेन्द्र कुमार यादव लगायतको उपस्थिति रहेको थियो ।
विद्यालयका अभिभावकहरुको समेत उपस्थित रहेको कार्यक्रममा अतिथी निर्मल रावत,अम्मरराज शर्मा,मुबारक अलि,सामाजसेवी विष्णु योगि, बिशिस्ट अतिथी निवर्तमान गढवा गाउँपालिका अध्यक्ष सहजराम यादव लगायतले बोल्नु भएको थियो कार्यक्रमको संचालन शिक्षक भिम पौडेलले गर्नु भएको थियो ।
