
Gfs
cjs
Ggp
Sgr
Lnp
Srbpu
Unsku
pku
Pes
sbs
Rgp1
Rgp
Djs
Pbu

Bbu
Rsb
Ggd
Rgu
Rgu
nsb
Bbbpu
Rgs
Ssm
Gst
Pvg
Tsm
Vor
Wsp
Ksm
Hal
Asm
Sls
Sbs

Jmb
Mks
Pls
Gsb
Abd
Rmb
Bml
bbt
sab
Syp
Jmb
Ptm
Rpp
दाङ । अघिल्लो वर्ष जस्तै अँग्रेजी नँया वर्षको स्वागतमा होटल पौवाले यस वर्ष पनि विशेष कार्यक्रम गरी मनाउने भएको छ । ‘यसपालीको नयाँ वर्ष पौवाको स्वाद, नाचौ, गाऊ, रमाऊ, सधै रहोस् याद’ भन्ने मुल नारासहित नँया वर्ष सागितिक र मनोरञ्जनात्मक कार्यक्रम गरी मनाउने भएको हो ।
११ वटा शाखा मध्य पौवाका तीन वटा शाखा बुटवल, भैरहवा र घोराहीमा पुस १६ गते साँझ ६ बजेबाट मध्यराती नयाँ वर्ष प्रारम्भ हुँदा सम्म बिशेष सांगीतिक कार्यक्रम गरिने होटल पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले जानकारी दिए । ‘सागितिक कार्यक्रममा प्रवेश निःशुल्क छ’( उनले भने । कार्यक्रममा न्युनतम शुल्कमा खानाका परिकारका साथै कलाकारहरुको प्रस्तुती समेत रहेको उनले बताए ।
बुटवलमा प्रकाश दुतराज, मिलन नेवार, र खुमन अधिकारीको प्रस्तुति रहने छ । यसैगरी भैरहवामा नेपाल आईडल प्रविण वेडवाल र एन्जिला रेग्मी, कर्णराज गिरिको प्रस्तुति रहने छ भने घोराहीमा नेपाल आईडलका अमित बरालको ब्याण्डको प्रस्तुति रहने अध्यक्ष भण्डारीले जनाए । होटलमा सहुलियत मूल्यमा खानाहरु उपलब्ध हुने उनले बताए । न्यनतम ५० रुपैयाँबाटै खाना नास्ताको व्यवस्था गरिएको छ । उनले भने । स्थापनाको ६ वर्षको अवधिमा नै देशका ११ मुख्य शहरमा होटलको सेवा दिन सफल भएको उनले बताए ।
होटलका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले मिशन हन्ड्रेडको लक्ष्यसहित अगाडि बढेको भएपनि कोभिड संक्रमणका कारण लक्ष्य प्राप्तीमा केही व्यवधान आएको बताए । शाखा विस्तारको क्रममा संघीय राजधानी काठमाडौं र मधेश प्रदेश जनकपुरमा शाखा विस्तारको सम्भाव्यता अध्ययन भैरहेको उनले बताए । लुम्बिनी प्रदेशका मुख्य पर्यटकिय स्थलहरुमा पौवाको पहुँच पुगिसकेको छ । अन्य प्रदेशहरुमा पनि अध्ययन गरिरहेका छौं । उनले भने ।
होटलका ब्राण्ड प्रमुख विष्णु भण्डारीले होटल व्यवस्थापनमा नयाँ सोचका साथ सेवा दिन सफल भएको बताए । उनले टिपिकल नेपालीपनको सेवा दिने गरी नया ढंगबाट सेवा दिन सफल भएको दावी गरे । प्राय होटलहरुले विदेशी हस्पिटालिटीको ब्राण्डमा सेवा दिने गरेपनि पौवाले नेपाली टिपिकल हस्पिटालिटीको विकास गरेर पहितान दिने प्रयास गरेको उनले बताए । पछिल्लो समय पौवाको मरौठी चिकन र मरौठी पनिर विशेष परिकारका रुपमा ग्राहकले मन पराईदिएको पनि भण्डारीले बताए । सेवासँगै नेपाली संस्कृति जगेर्नालाई प्राथमिकता दिएको उनले बताए ।
शिवरात्री, माघि, जन्माष्टमी, तिज, असार १५ मा दहि चिउरा खुवाउने, भजन क्रितन गर्ने जस्ता धर्मसंस्कृति जगेर्ना र प्रचारप्रसारमा लागेको उनले बताए । हाल बुटवल शाखामा ३५ क्षमता बेड, आकर्षक एक हजार क्षमताको बैङकट हल, भैरहवा र पोखरामा १ हजार ५ सय क्षमताको बैकट तथा हरेक होटलहरुमा बैठक र गोष्ठी गर्न मिल्ने हलहरुको सुविधा रहेको उनले जानकारी दिए ।
बुटवल, भैरहवा, पाल्पा, रेसुङा, पोखरा, गोरुसिङे, भालुवाङ, लमही, घोराही, धनगढी, जुम्लामा शाखा रहेको छ । पौवाका ११ शाखामा दैनिक ७ सय ५० जनालाई बसाईको सेवा दिनसक्ने क्षमता रहेको छ । देशभरका ११ वटा शाखामा ४ सय ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन ।
