
sbs
Lnp
Unsku
Pes
pku
Djs
Rgp
Rgp1
Sgr
Pbu
Ggp
Gfs
Srbpu
cjs

Wsp
Rgu
Vor
Bbbpu
Asm
Gst
Rgs
Bbu
Ssm
Pvg
Rgu
nsb
Sls
Ggd
Rsb
Tsm
Hal
Ksm
Sbs

sab
Jmb
Gsb
Abd
Syp
Jmb
Mks
bbt
Pls
Rmb
Rpp
Bml
Ptm
दाङ । मानिस एक अध्ययनशील प्राणी हो नयाँ-नयाँ ठाउँमा घुमफिर गर्दै नौला कुराहरू हेर्ने र सिक्ने प्रयत्न गरिरहेको हुन्छन् । सिक्ने चिजको खोज, अनुसन्धान र अवलोकन गर्न पनि चाहन्छन् । उनको मनमा उत्कृष्ट लागेका प्राकृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्त्विक स्थल भएको ठाउँमा भ्रमण गर्न जान्छन् ।
यस्तै मानिस दिनहुँ आ-आफ्नो कार्यमा व्यस्त हुन्छन् । बिहानदेखि साँझ अबेरसम्म काम गर्छन् यस दौरानमा मानिसलाई शारीरिक भन्दा पनि मानसिक रूपमा बढी थकाइ लाग्छ । यसरी महिनौँ दिनसम्म काम गरिरहँदा उसलाई दिक्क लाग्छ ऊ यस बेला अनावश्यक कुराहरू मनभित्र खेलाउन थाल्छ ।
उसलाई मानसिक तनाव बढ्दै जान्छ त्यति बेला शान्त, सफासुग्घर, मनोरम र एकान्त वातावरण मन पराउँछ मनोरञ्जन गर्न र आफ्नो दिक्दारीपन केही समय भुल्न र आनन्दपुर्वक समय बिताउनका लागि प्राकृतिक, धार्मिक ऐतिहासिक महत्त्वको रूपमा रहेका स्थलमा जाने योजना बनाउँछ ।
जस्तै मठ मन्दिर, नदीनाला, तालपोखरी लगायत ठाउँमा घुमफिर गर्नुको साथै अवलोकन समेत गर्दछन् । यसका लागि मानिस टाढा-टाढाका ठाउँमा संघसंस्थाका कर्मचारीदेखि लिएर एउटा घरको सपरिवारसहित नै भ्रमणमा जान्छन् । विभिन्न सरकारी र गैरसरकारी संघ संस्थाहरूले त भ्रमण, अवलोकनका लागि वर्षेनी बजेट विनियोजन समेत गरेका हुन्छन् ।
यसरी भ्रमण वा अवलोकनका लागि हजारौँ रूपैयाँ खर्चेर टाढा- टाढाका ठाउँमा हप्तौँ दिनसम्म गएर बिताउने पनि गर्छन् । पर्यटकीय क्षेत्रको संरक्षण र उचित व्यवस्थापन नहुँदा आन्तरिक र बाह्य पर्यटक आकर्षण बढेको देखिदैन यसरी विभिन्न ठाउँमा प्राकृतिक र धार्मिक स्थलको संरक्षण नहुँदा ओझेलमा पर्दै गएका छन् यसलाई स्थानीय तथा सम्बन्धित निकायले सरकारी स्वामित्व भएका सम्पत्तिको संरक्षणमा ध्यान नदिँदा ओझेलमा परेका हुन् ।
यस गर्दा सरकारको एक आर्थिक सबलताको महत्त्वपूर्ण पाटोमा ह्रास हुँदै गएको छ पर्यटकीय क्षेत्रका रूपमा रहेका प्राकृतिक र धार्मिक स्थलले प्रचुर सम्भावना बोकेका स्थललाई संरक्षण गर्नु सरकारको महत्त्वपूर्ण जिम्मेवारी हो । तर विविध कारणले विभिन्न पर्यटकीय क्षेत्रहरूको संरक्षण हुन सकेको छैन।
यस्तै एक प्राकृतिक महत्वको पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेकाे लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी अन्तरगत दाङ जिल्लाकाे ताेरे दह पनि एक हो । जिल्लाकाे राप्ती गाउँपालिका वडा नं. ९ काे जाबुनेमा यस दह पर्दछ । भालुबाङ, शान्तिपुर, बाउन्नेपाटा हुँदै करिब १० किलोमिटर काे दुरीमा रहेको सो दहले सबैभन्दा धेरै महत्व बोके पनि प्रचार-प्रसारको कमीले भने पर्यटकीय क्षेत्रको रूपमा विकास हुन सकेको छैन् ।
यसै विच दहलाई पर्यटकीय रुपमा विकास र संरक्षण गर्ने उदेश्यले मंगलबार पालिकाका अध्यक्ष प्रकाश विष्ट सहितको एक टाेलीले स्थलगत अवलोकन गरेको छ । स्थलगत अवलोकन पश्चात् अध्यक्ष विष्टले पहिलो चरणमा ग्रामीण माेटर बाटो देखि दह सम्म पुग्ने करिब पाँच सय मिटरकाे बाटाेलाई पर्यटकहरू आवतजावत गर्न सहजताका लागि पैदल मार्गको रुपमा विस्तार गरिने बताउनु भएको छ। अध्यक्ष विष्टले दहकाे पर्यटकीय रुपमा विकास र संरक्षण गर्न सके आन्तरिक तथा बाह्यिय पर्यटकहरूकाे आकर्षककाे केन्द्र बनाउन सकिने विश्वास व्यक्त गरेका छन् ।
त्यस्तै साे अवलोकन कार्यक्रममा वडा नं.९ का वडा अध्यक्ष रिमबहादुर सुनारी मगर, वडा सदस्य ददि बराल मगर, पालिकाका लेखा अधिकृत धनप्रसाद शर्मा, राेजगार संयाेजक मुमाराम भुसाल, प्राविधिक सहायक राजेश कुमार चाैधरी, गार्डेन डिजाइनर तेज प्रसाद शर्मा लगायतको सहभागिता रहेकाे थियाे।
