
Lnp
pku
Gfs
Pbu
sbs
Ggp
Rgp
Sgr
Srbpu
Pes
Djs
Rgp1
cjs
Unsku

Ssm
Sls
Asm
Ksm
Rgs
Rgu
Bbbpu
Sbs
Ggd
Tsm
Pvg
Vor
Wsp
Bbu
nsb
Hal
Rgu
Gst
Rsb

Ptm
Abd
Jmb
Bml
Pls
bbt
Rpp
Gsb
Jmb
Syp
Mks
Rmb
sab
धनगढी । कैलालीमा नक्कली नोट, बाघको हड्डी र जडिबुडीसहित पाँच जनालाई पक्राउ गरिएको छ । धनगढी उपमहानगरपालिका-४ बसपार्क र १३ को राजपुरबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै साल्ट ट्रेडिङ कर्परेसन अगाडी नक्कली मुद्राको कारोबार भइरहेको सूचनाका आधारमा एक हजारका चार नोटसहित चुरे गाउँपालिका-६ का ५५ वर्षीय लालबहादुर साउँदलाई पक्राउ गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
उनकाअनुसार अनुसन्धानका क्रममा एक हजार दरका थप १३८ नोटसहित अन्य चार जनालाई पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा राजपुरस्थित एस एस होटलमा डेरा गरी बसेका दार्चुलाको लेकम गाउँपालिका-६ का ३३ वर्षीय लिलाधार मिश्र, डोटीको शिखर नगरपालिका-१० का ३० वर्षीय करनसिंह धामी, १९ वर्षीय टेकेन्द्र धामी र बडिकेदार गाउँपालिका-१ बस्ने ५० वर्षीय मोहन सिंह बोहरा रहेका छन् ।
त्यस्तै राजपुरमै डेरा गरेर बस्ने धामीको कोठा खानतलासी पलङ खटियाको सिरानीमुनि लुकाएर राखेको अवस्थामा १३८ थान नक्कली नोट, जेब्रा झोलामा बाघको जस्तो करीब साढे ५ किलो देखिने अस्थीपंजर हड्डी र प्लाष्टिकभित्र लुकाएको अवस्थामा प्रतिबन्धित जडिबुडी पनि बरामद गरिएको प्रहरी नायब उपरीक्षक जोशीले बताए । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।अनलाइनखबर
