तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका मंगलबार, पुष १२, २०७९

दाङ । राप्ती गाउँपालिका वडा नं ८ को कोहलुवा र जुठ्पानी जोड्ने पिपरी खोलामा बन्ने पक्की पुलको सोमबार शिलान्यास गरिएको छ ।

पुलको शिलान्यस लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले गरेका छन् । सो पुल संघीय सरकार भौतिक पुर्वाधार मन्त्रालयले बिनियोजन गरेको ३ करोड २९ लाख ३३ हजार ३ सय तेह्र रुपैयाँ ७६ पैसाको लागतमा निर्माण हुन लागेको हो ।

केशर शाह कन्सट्रक्सन सेवा प्रालि बैजानाथ बाँकेले ठेक्का लिएको उक्त पुलको लम्बाई २५ मिटर र चौडाई १० मिटर रहने इन्जीनियर अशोक बेल्वासेले जानकारी दिएका छन् । पुल सम्झौता भएको मितिले करिव १५ महिना भित्रमा निर्माण सम्पन्न गर्ने बताइएको छ । पुलको ठेक्का लिएको कम्पनीले काम समेत अघि बढाई सकेको छ ।

उक्त पुल शिलान्यास कार्यक्रममा राप्ती गाउँलिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चौधरी, वडा नं. ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ लगायतका पूर्व जनप्रतिनिधि, समाजसेवी तथा स्थानीयहरुको सहभागीता रहेको थियोे । सो क्षेत्रमा पुल नहुँदा स्थानीयहरुले वर्षातको समयमा आवतजावत गर्न निकै सास्ती खेप्न परेको थियो भने पुल निर्माण पश्चात् त्यस क्षेत्रमा वर्षौंदेखि झेल्दै आएको समस्या समाधान हुने छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]