
Djs
Ggp
Rgp1
cjs
Pes
Lnp
Gfs
Unsku
Pbu
Sgr
Srbpu
Rgp
pku
sbs

Gst
Tsm
Ksm
Bbu
Sbs
Sls
Rgu
Rsb
Rgs
Hal
Ggd
Asm
Pvg
Ssm
Rgu
nsb
Wsp
Vor
Bbbpu

Bml
Ptm
Syp
Mks
Gsb
Jmb
Jmb
Rpp
sab
Rmb
bbt
Abd
Pls
कपिलवस्तु । निजि संस्थागत विद्यालयको छाता संगठन नेसनल प्याब्सन लुम्बिनी प्रदेशको आयोजनामा प्रदेश स्तरीय अन्तर विद्यालय वक्तृत्त्वकला,लोक नृत तथा गायन छनौट प्रतियोगिता कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
नेसनल प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष कुबेर बस्नेतको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पर्यटन , ग्रामिण तथा शहरी राज्यमन्त्री रिना नेपाल( बिक) को प्रमुख आतिथ्यमा कपिलवस्तु जिल्लाको सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्टको सभाहलमा भब्यरुपले सम्पन्न भएको हो ।
उक्त आयोजित प्रतियोगिता कार्यक्रममा वक्तृत्त्वतर्फ
प्रदेश प्रथम: नोबेल इ.मि.स्कुल बाँकेकी छात्रा श्रद्धा बस्नेत,प्रदेश द्वितीय : ज्ञानज्योती सेकेन्डरी स्कुल तुलसीपुर , दाङकी बबिता भण्डारी र प्रदेश तृतीय : देवदह बोर्डिङ स्कुल रुपन्देहीकी छात्रा वृन्दा पाण्डे रहेका छन् ।
त्यस्तै लोक गायन प्रतियोगितातर्फ :न्यु नमुना इङलिस बोर्डिङ स्कुल रुपन्देहीकी छात्रा स्पर्स प्रदेश प्रथम,शिखा इङलिस बोर्डिङ स्कुल तुलसीपुर दाङका छात्र सुबास परियार प्रदेश द्वितीय र अन्नपूर्ण बिध्या मन्दिर कपिलवस्तुकी छात्रा करुणा थारु / ग्यालेक्सी इङलिस बोर्डिङ स्कुल रुपन्देहीका छात्र अमन काफ्ले प्रदेश तृतीय रहेका छन् ।
यस्तै लोक नृत्य प्रतियोगिता तर्फ:पञ्चमुखी इङलिस मिडियम स्कुल बाँके प्रदेश प्रथम,देब दह इङलिस बोर्डिङ स्कुल रुपन्देही प्रदेश द्वितीय र सगरमाथा बालबाटिका इङलिस बोर्डिङ स्कुल प्रदेश तृतीय भएका छन् ।
वक्तृत्त्वकला प्रतियोगिताको शिर्षक :”निजि लगानीका विद्यालयहरुमा अभिभावक र विद्यार्थीहरुको आकर्षण ” रहेको थियो ।
नेसनल प्याब्सन लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष होमनाथ ढुङ्गानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा शिवराज नगरपालिकाका मेयर अजय थापा,नेसनल प्याब्सन राष्ट्रिय उपाध्यक्ष सुबोध कुमार डाँगी,राष्ट्रिय उपमहासचिव कुशुम राणाभाट,राष्ट्रिय सचिव कृष्ण पौडेल,केन्द्रीय सदस्य विष्णु पौडेल,पुर्व केन्द्रीय सदस्य प्रकाश गैरे,लुम्बिनी प्रदेश क्षेत्रमा रहेका नेसनल प्याब्सनका जिल्ला अध्यक्षहरु,क्रीसा बाँकेका अध्यक्ष बेग प्रकाश चन्द लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै कार्यक्रममा प्रमुख अतिथी मन्त्री रिना नेपाल ( बिक) ले निजी विद्यालय र सामुदायिक विद्यालयको व्यवस्थापन गर्दै प्रदेश सरकार अघि बढ्न लागेको बताउनु भएको छ । अहिले प्रदेशको शिक्षा एन अझै ओझेल रहेको हुँदा अब आउने नेतृत्वले यसको व्यवस्थापन गरेर अघि बढ्ने बताउनु भयो । स्थानीय सरकारको मातहतमा माध्यमिक तहसम्म र त्यसदेखि माथिका प्रदेश सरकारद्वारा संचालन हुने भन्ने विषयमा तत्काल शिक्षा एन नबनेको हुँदा अहिले भनेको जस्तो शिक्षा संचालन हुन नसकेको बताउनु भयो ।
उक्त कार्यक्रमका बिशिस्ट अतिथी शिवराज नगर पालिकाका अध्यक्ष अजय थापा,नेसनल प्याब्सन राष्ट्रिय उपाध्यक्ष सुबोध कुमार डाँगी,राष्ट्रिय उपमहासचिव कुशुम राणाभाट,राष्ट्रिय सचिव कृष्ण पौडेल लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।
यस्तै प्रतियोगितामा बिजेता तथा सहभागिलाई नगद राशी,मेडल,ट्रफी,कार्यक्रमका प्रमुख अतिथि, बिशिस्ट अतिथी,अतिथीलाई मायाको चिनो प्रदान गरिएको थियो । प्रदेश प्रतियोगिता कार्यक्रमका संयोजक कमल पछाइ,सदस्य जित बहादुर क्षेत्री र सरोज गुरुङ्गले आफ्नो जिम्मेवारी सफलतापुर्वक बहन गर्नु भएको थियो ।
औपचारिक कार्यक्रम नेसनल प्याब्सन लुम्बिनी प्रदेशका सचिव टोपेन्द्र खनालले गर्नुभएको थियो भने प्रतियोगिता कार्यक्रमको सहजीकरण नेसनल प्याब्सन लुम्बिनी प्रदेश सह- सचिव तथा गठित समिति सदस्य जित बहादुर क्षेत्रीले गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रमका अध्यक्ष नेसनल प्याब्सन लुम्बिनी प्रदेश समितिका अध्यक्ष कुबेर बस्नेतले अन्त्यमा सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

