
Rgp
Gfs
sbs
Unsku
cjs
Sgr
pku
Djs
Rgp1
Ggp
Pbu
Lnp
Srbpu
Pes

nsb
Rgu
Gst
Ksm
Wsp
Rsb
Bbbpu
Pvg
Tsm
Rgu
Sbs
Ssm
Asm
Bbu
Ggd
Sls
Vor
Hal
Rgs

Syp
sab
bbt
Rmb
Ptm
Pls
Gsb
Rpp
Jmb
Abd
Jmb
Mks
Bml
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ कार्य समिति सर्वसहमत चयन भएको छ ।
लामो समयदेखि निर्वाचन प्रक्रियाबाट कार्यसमिति चयन हुँदै आएकोमा यस पटक भने पत्रकार महेश रिजाल संयोजक रहेको निर्वाचन समितिले सर्वसहमतीका आधारमा नयाँ नेतृत्व चयन गर्न सफल भएको हो ।
जस अनुसार हस्तबहादुर गुरुङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा ऋषिराम आचार्य, सचिवमा गोपाल चन्द,कोषाध्यक्षमा चन्द्रप्रकाश आचार्य चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा शिशिर पुन, चेतनाथ बस्नेत,सीता पौडेल,ऋषिराम शर्मा,देउसिंह पुन मगर,महिला सदस्यहरुमा भुमि गुरुङ र गंगा गिरी रहेका छन् ।
त्यसैगरी सो अवसरमा समितिमा पुनः दोस्रो पटक निर्वाचित भएपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष हस्तबहादुर गुरुङले अब थप उत्साहका साथ भालुवाङ बासीलाई मात्र नभई सिङ्गो राजधानी बासीलाई नै स्वच्छ पानी खुवाउने प्रतिबद्धता जनाएका छन् । उनले अब यो क्षेत्र राजधानी भइसकेकोले उपभोक्ताहरुको माग अनुसार क्षेत्र बिस्तार र सेवा सुबिधा बृद्धि गर्दै लैजाने समेत बताए ।
यता नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पुस १३ गते प्रमाणपत्र र सपथ ग्रहण गराईने निर्वाचन समितिका संयोजक महेश रिजालले जानकारी दिए । निर्वाचन समितिको सदस्यहरुमा नागरिक समाजका दामोदर भण्डारी र निर्माण व्यवसायी महेन्द्र केसी रहेका थिए ।
