
pku
Djs
cjs
Sgr
Ggp
Gfs
Rgp
Srbpu
Pbu
Pes
Lnp
Rgp1
sbs
Unsku

Ssm
Bbbpu
nsb
Ksm
Tsm
Rgu
Rgu
Vor
Gst
Hal
Wsp
Pvg
Sbs
Asm
Sls
Rgs
Ggd
Rsb
Bbu

Jmb
Pls
Ptm
Syp
Jmb
Rmb
Rpp
Gsb
sab
Mks
Bml
Abd
bbt
दाङ । दाङको तुलसीपुर १९ छिल्लीकोटमा गुरदेवी मन्दिरको शिलन्यास गरिएको छ । पर्यटकीय एवम धार्मिक स्थल छिल्लीकोट क्षेत्रमा कालिका मालिकाको मन्दिर रहेको छ । वडा नम्बर १९का वडाध्यक्ष प्रेमनाथ योगीले मन्दिरको शिलन्यास गरेका हुन् ।
मन्दिर निर्माण समितिका अध्यक्ष टोपबहादुर विश्वकर्माको अध्यक्षता एवम वडाध्यक्ष प्रेमनाथ योगीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडाध्यक्ष योगीले मन्दिर निर्माणका क्रममा अपुग बजेटको व्यवस्थापनका साथै मन्दिरसम्म पुग्ने सडक निर्माणमा समेत विशेष ध्यान दिइने बताए ।
त्यस्तै कार्यक्रममा नेकपा एमाले १९ पार्टी अध्यक्ष लोकबहादुर रोका, पूर्व जनप्रतिनिधि परवीर पुन, छिल्लीकोट टोल विकास संस्थाका अध्यक्ष पलबहादुर खड्का लगायतकाले बोल्नुभएको थियो । वडा नम्बर १९को दुई लाख बजेटबाट मन्दिर निर्माण गर्न थालिएको हो ।
