
Pbu
Lnp
Srbpu
Djs
Pes
Gfs
Ggp
pku
Rgp
sbs
Sgr
Unsku
cjs
Rgp1

Ssm
Rsb
Wsp
Rgs
Rgu
Ggd
Gst
Sls
Hal
nsb
Ksm
Bbu
Bbbpu
Tsm
Vor
Rgu
Pvg
Asm
Sbs

Jmb
Bml
bbt
Mks
Ptm
Rpp
Pls
sab
Syp
Jmb
Gsb
Abd
Rmb
दाङ । देउखुरीको राजपुर गाउँपालिकाले अब सामाजिक सुरक्षा भत्ता वडा-वडाबाट वितरण गर्ने कार्य शुरु गरेको छ ।
बृद्ध बृद्धा तथा अपाङ्गता भएका ब्यक्ती हरुलाई बैँक सम्म जानपनि मुस्किल पर्ने भएपछी गाउँपालिकाले वडा स्तरबाटै भत्ता बितरण शुरु गरेको हो । भत्ताका निम्ति टाढा टाढाबाट बैँक सम्म आएर घण्टौ लाईन लाग्नुपर्ने बाध्यता हटेको छ ।
भुगोलले ठूलो भएको पालिकामा टाढाका बस्ती थुप्रै छन । खासगरी नाका तथा खोलाका बासिन्दाहरु भत्ताका लागि १ भन्दा बढी दिन छुट्टाएर बैँकसम्म आउनुपर्ने बाध्यता थियो । त्यहीमाथी एकैचोटी भत्ता आउने भएकाले घण्टौ लाईन लाग्नुपर्ने बाध्यता थियो । यिनै बाध्यतालाई मध्यनजर गर्दै घरघरमा स्थानिय सरकारको आभास दिलाउन वडा-वडाबाट भत्ता बितरण शुरु गरिएको राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले बताए ।
पालिकाले सोमबार ६ नम्बर वडाका १ सय ९२ जनालाई सामाजिक सुरक्षा बितरण गर्दै यस्तो अभियानको शुरुवात गरेको हो । गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकी र वडा नम्बर ६ का वडाध्यक्ष श्याम रोकाको उपस्थितिमा सामाजिक सुरक्षा भत्ता बितरण गरिएको हो । यस्तो अभियानले राजपुरबासीलाई समयको बचत सँगै बैँकको झन्झटिलो हट्ने बिश्वास गरिएको छ ।
