
Ggp
Pes
Gfs
sbs
Sgr
pku
Pbu
Djs
Unsku
Srbpu
Lnp
Rgp1
cjs
Rgp

Wsp
Sls
Ksm
Ssm
Pvg
Sbs
Bbu
Tsm
Rsb
Vor
Hal
Bbbpu
nsb
Rgu
Ggd
Gst
Rgs
Rgu
Asm

Mks
Gsb
Jmb
Syp
Rmb
Abd
Jmb
Pls
bbt
Rpp
Bml
sab
Ptm
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको तथ्यांक अनुसार चालु आर्थिक वर्षको चार महिनाको अवधिमा नियमविपरीत सवारी चलाउने १४ हजार ३ सय ५० चालक कारबाहीमा परेका छन् ।
मापदण्ड विपरीत सवारी चलाउनेबाट ९५ लाख बढी राजस्व संकलन भएको छ । चालु वर्षको साउनदेखि कार्तिक मसान्तसम्म ट्राफिक नियम उल्लंघन गर्ने १४ हजार ७ सय सवारी चालकबाट ९५ लाख ५१ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख झविन्द्र परियारले जानकारी दिए । जिल्लामा चालुवर्षको कार्तिक महिनामा सबैभन्दा बढी सवारी चालक कारबाही परेका छन् ।
कार्तिक महिनामा मात्रै ४ हजार ७ सय ५० सवारी चालक कारबाहीमा पर्दा ३१ लाख ४२ हजार ५ सय राजस्व संकलन भएको छ । साउन महिनामा २ हजार ८ सय ५० सवारी चालक कारबाहीबाट १९ लाख १५ हजार रूपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख परियारले जानकारी दिए ।
यस्तै,भदौ महिनामा तीन हजार ६ सय कारबाहीमा २३ लाख ६५ हजार रूपैयाँ राजस्व संकलन भएको उनले बताए । असोजमा ३ हजार १ सय ५० सवारी चालक कारवाहीबाट २१ लाख २८ हजार ५ सय रूपैयाँ राजस्व संलकन भयो । कार्तिकमा ४ हजार ७ सय ५० कारबाहीबाट ३१ लाख ४२ हजार ५ रूपैयाँ राजस्व संकलन भएको उनको भनाइ छ ।
मोटरसाइकल चालकबाट बढी उल्लंघन सबैभन्दा बढी मोटरसाइकल चालक कारबाहीमा परेका छन् । जसमा ५ हजार ८ सय ४७ जना मोटरसाइकल चालक रहेको कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । २ हजार ४ सय ७५ ट्रक चालक, १ हजार ८ सय ८३ जीपकार, १ हजार ७ सय ७९ बस, १ हजार ३ सय ११ टेम्पु चालक रहेका छन् । सबैभन्दा कम टेक्टर चालक रहेका छन् । १ हजार ५५ जना टेक्टर चालक चालक पक्राउ परेको विवरणमा उल्लेख गरिएको छ । विना कागजपत्र चलाउने, तिब्र गतिमा कुदाउने, स्पष्ट नम्बर प्लेट नभएका, स्वरूप परिवर्तन गरेर बाइक चलाउने चालक चालक कारबाहीमा परेका हुन् ।
त्यस्तै तीन वर्षमा तीन करोड राजस्व जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले तीन आर्थिक वर्षमा १७ हजार बढी सवारी साधनका चालकलाई कारवाही गरेको छ । आर्थिक ०७६/०७७, ०७७/०७८ र ०७८/ ०७९मा १७ हजार ७५ जनालाई कारवाही गरिएको हो । ट्राफिक नियमविपरीत सवारी चलाउँदा कारवाहीमा परेका सवारी चालकबाट दुई करोड ९६ लाख ३२ हजार रूपैयाँ राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख परियारले जानकारी दिए ।
गत आर्थिक वर्ष ०७८/०७९ मा ४ हजार २ सय ४० सवारी चालक कारवाही गर्दा २६ लाख ३४ हजार ३ सय रूपैयाँ राजस्व संलकन भएको छ । जसमा ४ सय १३ बस, १ हजार २४ ट्रक, जीपकार ४ सय ७६, मोटरसाइकल १ हजार ५ सय ९, टेक्टर ४ सय ३१, टेम्पु ३ सय ८४ कारबाहीमा परेका थिए ।०७७/०७८ मा ५ हजार ६ सय ३८ सवारी चालक कारबाहीबाट ३३ लाख ८५ हजार ३ सय ५० रूपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख परियारले जानकारी दिए ।
जसमा बस ४ सय ६९, ट्रक १ हजार ८ सय ४०, जीपकार ५ सय ९२, मोटरसाइकल १ हजार ८ सय ३७, टेक्टर ४ सय ५५, टेम्पु ४ सय ४३ कारबाहीमा परेका थिए । ०७६/०७७ मा ३ हजार ७ सय ४६ सवारी चालक कारवाहीमा पर्दा २३ लाख ७३ हजार ५० रूपैयाँ राजस्व संकलन भएको हो । जसमा बस ४ सय ७५, ट्रक ७ हजार ८ सय ९९, जीपकार ४ सय ६०, मोटरसाइकल १ हजार २ सय ७६, टेक्टर तीन सय ९४, टेम्पु ३ सय ४९ रहेका छन् ।
ट्राफिक प्रमुख परियारले मापसे गरेर सवारी चलाएका, सिटबेल्ट नलगाएका, ओभरलोड, छतमा यात्रु राखेका, प्रयोजन विपरीत, लेन अनुशासन उल्लंघन गरेकाहरू कारवाहीमा परेका छन् । परियारले दुर्घटना न्यूनीकरणको प्रयास ट्राफिक प्रहरीले गरिरहेको बताए ।खोजरफ्तारबाट
